भवानी हस्पिटलले अत्याचार गर्दैछ, बाहिर जान दिँदैन, गरिबलाई डस्न छोड्दैन

0
1090
Ad_Article_Top
Share

वीरगञ्ज, ३० मंसिर
मापदण्ड विपरित खुलेको भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्ना कर्तुतलाई दिन प्रतिदिन उदाङ्गो बनाउँदै आएको छ ।
गरिब, विपन्न र आर्थिक हैसियत कम भएका व्यक्तिहरु उक्त हस्पिटलमा पुगेपछि अस्पतालले नै अनावश्यक उपचार पद्दतीको कुरा गरेर विल्लीबाँठ बनाउँदै आएको गुनासो सुनिएको छ ।
बारम्बार विवादास्पद बनेको भवानी हस्पिटलले रोगीहरुलाई सेवा दिनुको साटो यातना दिने गरेको प्रमाणहरु बजारमा आएका छन् भने आजै मात्र भारतको गंगापुर निवासी मन्दिप कुमारलाई आफू धेरै पैसा तिर्न सक्दिन भन्दाभन्दै सुरुमा पैसा कम पर्छ भनेर पछि तीनवटा टाँकाको पाँच हजार लाग्छ भन्दै जबरजस्ती ब्याण्डेज गरेर बन्धक बनाई रकम लिन खोजेका थिए ।
पछि अस्पतालमा लगानी गरेर समाजसेवाको नाममा बद्नाम बनाइएका सुनिल खेतानसँग यर्थात राख्दा दुई हजार रुपैयाँ मिनाहा गरेका थिए । डा. श्यामबाबु साहले भारतीय नागरिक भनेको थाहा पाउने वित्तिकै लखनऊ लुट मचाएर स्वास्थ्य पेशाको बद्नाम गरेको पिडितले बताएका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here