कृषिका समस्या समाधान गर्न सुवोध गुप्ताको आग्रह, कृषि मन्त्रि दंग, अर्थ र उद्योग मन्त्रि लाई समस्या सुनाइने

0
92
Ad_Article_Top
Share

पुष २ गते
नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताले कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालसँग उहाँकै कार्यकक्षमा भेटघाट गर्नु भएको छ ।

भेटघाटका क्रममा सङ्घका केन्द्रीय अध्यक्ष श्री गुप्ताले मुलुकका ७४–७५ प्रतिशत जनताको मुख्य पेशाका रुपमा रहेको कृषि क्षेत्रको प्रबद्र्धन र विकास सोचे अनुरुप हुन नसकेका बताउनुभयो । कृषिको आधुनिकीकरण र कृषिको उत्पादकत्व बृद्धिका लागि किसानहरुका साझा समस्याका रुपमा रहेको उन्नत जातको बिउबिजन, सिंचाई र कृषि उत्पादनलाई बजारसम्म सहज पु¥याउन पूर्वाधारको आवश्यकता टड्कारो रुपमा रहेको तर्फ कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाललाई अवगत गराउनु भएको थियो ।

त्यसैगरी अध्यक्ष गुप्ताले कन्ट्रयाक्ट फार्मिङ्गको प्रावधान र ठूल–ठूला कृषि मण्डीहरुको व्यवस्था राज्यको तर्फबाटै निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा मसिनो चामलको माग अत्याधिक बढिरहेको बताउनुहुँदै गत आर्थिक वर्षमा मात्र २२ अरब ८० करोडको चामल आयत भएको बताउनुभयो । छिमेकी देश भारतबाट सबैभन्दा बढी चामल आयात हुने गरेको कुरा उजागर गर्नुहुँदै खुला सिमानाका कारण अबैध तबरबाट आयात भएको चामल कति आयात भईरहेको छ कसैले पनि यकिन हुन नसकेको बताउनुभयो ।

यसरी आयात भएका चामलहरु आयातकर्ताले नेपाली ब्राण्डका रुपमा पनि बिक्री गर्ने गरेको पाईन्छ । नेपालमा लगभग ५० प्रतिशतभन्दा बढी बजार भारतीय चामलले ओगटेको पाईन्छ । सन् १९८१ सम्म ५४ हजार टन धान निकासी गर्ने नेपालले अहिले आयातमा निर्भर पर्नु पर्ने अवस्था आउन थालेको बताउनुभयो । उहाँले मुलुकमा अत्याधिक मात्रामा चामल आयात भएको कारण स्वदेशी चामल उद्योगहरु धारासायी भएको कुरा बताउनुहुँदै चामल उद्योगहरुलाई संरक्षण गर्न चामल आयातमा १५ प्रतिशत महसुल लगाउन सुझाव दिनुभयो ।

सोही क्रममा अध्यक्ष गुप्ताले गत वर्षसम्म तोरी तेलमा ४० प्रतिशत मू.अ.कर छुट सुविधा दिई सरकारले उद्योग संरक्षण गर्दै आएकोमा मु.अ.कर सुविधा हटाइएबाट स्वदेशी तोरी तेल उद्योग संकटमा रहेको बताउनुभयो । मुसुरो दाल निकासी गर्दा दिँदै आएको अनुदान हटाईएकोमा दाल उद्योगहरु मर्कामा परेकोले कृषिमा आधारित दालमा पनि ५ प्रतिशत अनुदान दिन सकेमा निकासीमा सहज हुने र उत्पादन बृद्धि हुने बताउनुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले सङ्घका अध्यक्ष श्री गुप्ताबाट प्रस्तुत मुद्दाहरुप्रति आपूm सकारात्क रहेको बताउनुभयो ।

उहाँले विद्यमान नीतिगत अस्पष्टतालाई समयसापेक्ष परिमार्जन गर्दै कृषि क्षेत्रको समग्र विकास र किसानहरुको संरक्षण सम्बद्र्धनमा कृषि मन्त्रालयले आउँदा दिनहरुमा प्रबद्र्धनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कृषि क्षेत्रको विकासबाट मात्र राष्ट्रिय अर्थतन्त्र सबल हुने भएकोले यस क्षेत्रलाई आधुनिकीकरण गर्दै कृषिको उत्पादकत्व बृद्धि के गर्दा हुन सक्छ, त्यस तर्फ सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो । यसैबिच टोलिले अर्थमन्त्रि र उद्योग मन्त्रिलाई पनि भेटेर यस भेगका समस्या अवगत गराउने तयारी गरेका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here