शिक्षा र राजनितिमा पहुँच नभएसम्म दलितको जिवनस्तर फेरीदैन : पासवान

0
296
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगञ्ज, २ पौष

नेपाल पासवान संघ पर्साका सहसचिब शम्भु प्रसाद पासवानले अँझै पनि दलित समुदायको शिक्षामा पहुँच पुग्न नसक्दा छुवाछुत, भेदभाव जस्ता घटनाको सिकार भइरहेको बताउनुभएको छ ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम आवाज दलित संवादमा कुराकानी गर्दै वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखामा कार्यरत पासवानले समाजमा अँझै पनि दलित समुदायलाई हेप्ने प्रवृति हावि भएको बताउनुभयो । शिक्षा, राजनिति लगायतका क्षेत्रमा जनसंख्याको आधारमा पह्ुँच नपुगेसम्म दलित समुदायले सुखको सास फेर्न नपाउने उहाँको भनाई छ ।
अँझै सम्म पनि दलित समुदायलाई हातमुखको जोहो गर्न सोच्नुपर्ने अवस्था रहेकोले सरकारले दलित समुदायलाई बिशेष गरी सिपमुलक तालिम लगायतका रोजगारका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
२२ बर्षसम्म विद्यालयको प्रधानााध्यापक भएर काम गर्नुभएका पासवानले निम्न आर्थिक अवस्थाका कारण पनि दलित हरु हेपिने गरेको बताउँदै आर्थिक स्थिती सुधार र जिवस्तर माथि उकास्नका लागि सबैमा सकरात्मक सोच पलाउनुपर्ने धारणा राख्नुभयो ।
यसका साथै उहाँले बिगतको तुलनामा जायित बिभेद लगायतका घटनामा केही कमी आएपनि थुप्रै घटनाहरु ग्रामिण क्षेत्रमा लुकेर रहने बताउनुभयो । फलस्वरुप स्थानिय गाउँठाउँमा पिडितले उजुरी गर्न पनि डराउने भएकोले ग्रामीण क्षेत्रमा शिक्षाको पहुँचसम्म दलित समुदायलाई समेट्नुपर्ने उहााले उल्लेख गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here