म महिला भएर पनि विद्यालय चलाएर देखाए गुणस्तरीय शिक्षा शेष्मीले दिन्छ : आश्मा

0
184
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, ४ पौष

वीरगञ्ज महानगरपालिकामा थुप्रै शैक्षिक संस्थाहरु छन् । ति मध्ये बिरलै मात्र शैक्षिक संस्थाहरुको नेतृत्व महिलाले गरेका छन् । त्यस्तै बिगत ५ बर्षदेखी एउटा माध्यामिक तहको शैक्षिक संस्थाको संस्थापक अध्यक्ष र प्रधानाध्यापक को रुपमा कार्यरत महिलाको नाम हो, आश्मा सिँह यादब ।

पुरुष प्रधान देशमा महिला भएर प्रधानाध्यापक र संस्थापक अध्यक्षको रुपमा विद्यालय हाँक्नु गाह्रो भएपनि आफुले अवसरको रुपमा लिएको यादबले बताउनुभयो ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम शिक्षा संवादको शुक्रवारको श्रंखलामा कुराकानी गर्दै उहाँले महिला भएर विद्यालय, घर, परिवार र समाज सबैलाई समय दिनुपर्ने भएपनि समयको व्यवस्थापन गर्न सके सबै क्षेत्रमा सक्रिय रहन सकिने धारणा राख्नुभयो । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ती शिक्षक, अभिभावक र विद्यार्थीहरुको सकरात्मक समन्वय तथा सम्बन्ध मजबुत हुनुपर्ने आवश्यक्ता औल्याउँदै उहाँले विद्यार्थीहरुलाई शिक्षक भन्दा पनि अभिभावक बनेर सिकाउनुपर्नेमा जोड दिनुभयो ।
अहिलेको परिबेशमा विद्यार्थिहरुमा सामाजिक सञ्जालको दुरुपयोगका कारण नकरात्मक छाप परिरेहेको हुँदा विद्यालयमा अतिरिक्त क्रियाकलापको कारण उनिहरुको ध्यान केन्द्रित गर्न सफल भएकोमा उहाँले खुशि व्यक्त गर्नुभयो । त्यसैगरी विद्यार्थीहरुको मनोभावना नबुझेसम्म र उनिहरुका कुरा सुन्न सक्ने क्षमता नभएसम्म शिक्षकले पनि सहि शिक्षा दिन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले अहिले सम्मको विद्यालयको नतिजा एकदमै सह्रानिय भएको हुँदा आगामी दिनमा पनि अँझै पनि केही कमी कमजोरी र सबैलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
आफु पनि महिला भएको नाताले आफ्नो विद्यालयमा बढी महिलाहरुलाई शिक्षण पेशामा आवद्ध गरेर महिलालाई पनि शिक्षाको पहुँचमा ल्याउने प्रयास गरेको उहाँको भनाई छ । समाजसेवामा पनि त्यत्तिकै रुपमा सक्रिय रहनुभएकी यादबले विद्यार्थीहरुलाई पुरुषले भन्दा पनि महिलाहरुले पारिवारीक व्यावहारको रुपमा सिकाउने जिकिर गर्नुभयो ।
आर्थिक अवस्था कमजोर भएकै कारण कसैले पढाउँदा पढाउँदै छोड्नुपर्ने अवस्थाको सृजना नहोस भन्ने अभिप्रायले त्यस्ता परिवारका विद्यार्थिलाई बिशेष छुट र छात्रबृत्तिको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो । बैकल्पीक कक्षाको बिकृतिले पनि समाजमा नकरात्मक छाप पारेको बताउँदै उहाँले यस किसिमको शिक्षाले दिगोपना दिन नसक्ने बताउँदै शेष्मी स्कुलमा विद्यार्थीहरुलाई कुनै किसिमको समस्या भएमा निशुल्क रुपमा बैकल्पीक कक्षाको व्यवस्था गर्ने बताउनुभयो ।
आगामी दिनमा पनि यसैगरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर अभिभावक र विद्यार्थीहरुलाई प्रभावित बनाएर समाजसेवाको बाटोमा सदैब शेष्मी स्कुल र आफु अग्रसर रहीरहने उहाँले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here