राजु परियार र नीरा छन्त्यालले गाए दपर्णको शब्द र राजेश सानुको लयमा बुकी (भिडियो )

0
691
Ad_Article_Top
Share :

सुर्य शुभचिन्तक, ४ पौष
नेपाली लोक दोहोरी गीतका बादशाह राजु परियार र लोकप्रिय गायिका निरा छन्त्यालको सुमधुर आवाजमा सजिएको गीत बुकी शुक्रवार सार्बजनिक भएको छ ।
सुतली, पलाश जस्ता चर्चित गीत सृजना गरेर दर्शकको मन जित्न सफल लोकप्रिय सर्जक बिजय चन्द (दर्पण) को मार्मिक एवम् हृदय स्पर्शी शब्द र धेरैले रुचाएका गायक एवम् संगितकार राजेश खड्का (सानु) ले लय तथा संगीत भरेको गीत चर्चित गायिका निरा छन्त्यालको अफीसियल युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो ।
गामबेसी डिजिटल स्टुडियोमा रेकर्ड भएको बुकी लाई तिलक ओलीले एरेन्ज गर्नुभएको छ । बुकी को भिडियो कोरियोग्राफर, निर्देशन चर्चित कलाकार शंकर बि सि ले गर्नुभएको छ । साथै यसको भिडियोमा शंकर बि सी सँगै बोल माया, गल्बन्दी लगायतका थुप्रै चर्चित गीतमा अभिनय गरेर सबै श्रोता दर्शकको मन मुटुमा बस्न सफल अंजली अधिकारीले अभिनय गर्नुभएको छ । जसमा बाल कलाकारको भुमिका खुशी कट्टेलले निर्वाह गर्नुभएको छ ।
गीत सार्बजनिक भएलगत्तै एकदमै सकरात्मक प्रतिक्रियाहरु आइरहेका छन् । सबैले यस गीतको ब्यग्र प्रतिक्षामा रहेको भिडियोको कमेन्ट मार्फत जनाएका छन् । यस गीतका सर्जक बिजय चन्द (दर्पण) ले यस अघिका गीतलाई रुचाइदिएजस्तै यस गीतलाई पनि धेरैले रुचाउनेमा बिश्वस्त भएको प्रतिक्रिया दिनुभयो । त्यसैगरी संगीतकार राजेश खड्का (सानु) ले पनि यस गीतले दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेको बताउनुभयो ।

हेर्नुहोस भिडियो :

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here