लोकसेवासँग लभ नभएसम्म नाम निकाल्न सकिदैन : सन्तोष कुमार

0
653
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगञ्ज, ५ पौष

Motivational Speaker एवम् A one Institute का प्रमुख प्रशिक्षक सन्तोष कुमार महतोले लोकसेवा पास गर्नु फलामको चिउरा चपाउनु जस्तै नभएपनि त्यति सजिलो नभएको बताउनुभयो ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम स्थानिय तहको गतिबिधिमा कुराकानी गर्दै पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रशासन फाँटका प्रमुख समेत रहनुभएका महतोले लोकसेवामा नाम निकाल्नका लागि पढ्दै गरेका कुराहरुलाई दोहोर्याई तेहर्याई पढ्पर्ने उहाँको भनाई छ ।
लोकसेवामा सफलता हासिल गर्न सकेमा तिन पुस्ता सम्म पनि नाम, दाम र सम्मानको अभाव नखट्किने बताउँदै समाजमा मान, प्रतिष्ठा बढ्नुका साथै जिवनले सार्थकता पाउने बिश्वास व्यक्त गर्नुभयो । लोकसेवासँग लभ नभएसम्म नाम निकाल्न नसकिने उहाँको बुझाई छ । यसका साथै लोकसेवाको तयारी गर्नेहरुलाई पढ्ने नशा हुनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै शुत्र बनाएर पढ्न सक्यो भने यसले झनै धेरै मद्धत पुग्ने उहाँले बताउनुभयो ।
कुनै पनि समयमा आत्तिनु, मात्तिनु र तात्तिनु नगरेर धैर्य गरेमा सफलता हासिल गर्न समय नलाग्ने बताउँदै उहाँले अरुले भनेको कुरालाई वास्ता नगरेर आफ्नो बिचार र लक्ष्यमा अडिक रहन आग्रह गर्नुभयो । सबैभन्दा ठुलो कुरा समय व्यवस्थान भएको हुँदा समयको व्यवस्थापन गरेर अध्ययनलाई निरन्तरता दिनेलाई सफलताको शिखर चुम्न कसैले रोक्न नसक्ने दावी गर्नुभयो । लोकसेवा आयोग नै अन्तिम बिकल्प नभएको बताउँदै उहाँले जुन क्षेत्रमा अपनाइन्छ सोही क्षेत्रमा दक्षता भएर अगाडी बढ्न सुझाव दिनुभयो ।
ए वान इन्सिचिउटमा दलित, महिला, अपांग र शहिद परिवारका विद्यार्थीहरुलाई बिशेष छुटको व्यवस्था पनि भएकोले गुणस्तरीय र दक्षता हासिल प्रशिक्षकद्वारा अध्यापन गराइने भएकोले सबैको मन जित्न सफल भएको बताउनुभयो । हाल सम्म सो इन्सिचिउटबाट धेरैले सफलता हासिल गरेको स्मरण गर्दै आगामी दिनमा पनि धेरै भन्दा धेरै जनशक्ति उत्पादन गर्ने उल्लेख गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here