प्रदेश न. २ मै पहिलो पटक वीरगञ्जमा नमुना सयुक्त राष्ट्र संघको सम्मेलन हुँदै

0
383
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगञ्ज, ७ पौष

वीरगञ्जमा यही पौष ११ गतेदेखी १३ गते सम्म नमुना सयुक्त राष्ट्र संघको पहिलो संस्करण हुने भएको छ ।
बैचारिक युवा समाज र अमेरीकी दुतावास नेपालको सहकार्यमा प्रदेश न. २ मै पहिलो पटक यस्तो कार्यक्रम हुन लागेको आयोजकको दाबी छ । वीरगञ्ज पब्लिक कलेजको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा आयोजकले जानकारी गराएको हो ।
संयुक्त राष्ट्रसंघका गतिबिधि र आगामी दिनमा गर्ने क्रियाकलापका साथै बिकास निर्माण, वातावरणको संरक्षण र महिला हिंसा लगायतका बिषयमा छलफल र बिचारको आदान प्रदान गर्न पनि यस कार्यक्रमले सहयोग पुग्ने बिश्वास बैचारिक युवा समाजका दिलिप हजाराले व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा प्रदेश न. २ का ८ वटै जिल्लाबाट बिभिन्न क्षेत्रका ६० जना युवाहरुको सहभागिता रहने छ । यसैगरी ७ वटै प्रदेशमा कार्यक्रम समापन भइसकेपछि त्यसमध्येबाट छनौट भएकाहरुलाई काठमाण्डौमा हुने अन्तराष्ट्रिय सम्मेलनमा पनि सहभागि गराइने संस्थाका निमेश बाबु ओलिले जानकारी दिनुभयो ।
युवाहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकास गराउने र राष्ट्रनिर्माणमा युवाहरुको सहभागिता गराउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here