२० बर्ष देखि हुन नसकेका कामहरु २ बर्षमा गरिएको उपाध्यक्ष चौधरीको दावी

0
766
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, पुस ९,राकेश साह
बाराको करैयामाई गाँउपालिका उपाध्यक्ष चित्ररेखा चौधरीले गाँउपालिकामा २० बर्ष देखि हुन नसकेका पुर्वाधार बिकाशको काम अघि बढाइएको बताउनुभयो । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम स्थानियतहको गातिबिधिमा आज कुरा गर्दै उपाध्यक्ष चौधरीले सडक ,नाला निर्माण ,कृषि लगायतको क्षेत्रमा काम भईरहेको बताउनुभयो । न्यायिक समितीको अध्यक्ष समेत रहनुभएको चौधरीले संबिधानले उपाध्यक्षलाई धेरै नै जिम्मेवारी दिएको बताउदै कतिपय कुरा सिकाईकै क्रममा रहेको बताउनुभयो । उहाँले गाँउपालिकमा बिशेषगरी मेलमिलाप ,जग्गा ,छुवाछुत मारपिट सम्बन्धि बढि मुद्दा आउने गरेको बताउनुभयो । उपाध्यक्ष चौधरीले जटिल प्रकारका मुद्दालाई गाँउपालिकमा रहेको वकिल संग समन्वय र छलफल गरि छिनोफानो गर्ने गरेको बताउनुभयो । उपाध्यक्ष चौधरीले करैयामाई गाँउपालिका अध्यक्षको प्रसंशा गर्दै अहिले सम्म उपाध्यक्ष र अध्यक्ष बिच कुनै बिवाद नभएको दावी गर्नुभयो । चौधरीले अधिकांश उपाध्यक्ष पदमा महिला निर्वाचित भएको र त्यसपनि अधिकांश अशिक्षित भएकोले कार्य सम्पादनमा समस्या हुने गरेको बताउनुभयो । बिकाश निर्माणमा सहकार्य गरेर अघि बढे मात्र गाँउपालिकाको बिकाश हुने बताउदै सवै जनप्रतिनिधि र कर्मचारीहरु बिच सुमधुर सम्बन्ध आवश्यक रहको बताउनुभयो । उहाँले जनताले बिकाश गर्न पठाएको भन्दै कमिशन र लोभमा नपर्न समेत अनुरोध गर्नुभयो । चौधरीले अंधिकाश स्थानिय तहमा मेयर र उपमेयर बिच सम्बन्ध राम्रो नभएकोले बिकाश निर्माणमा समस्या भएको बताउनुभयो। उहाँले अधिकांश स्थानिय तहका अध्यक्षले उपाध्यक्ष संग सहकार्य र समन्वय नगर्ने गरेको आरोप लगाउनुभयो । चौधरीले गाँउपालिकमा अति आवश्यक काममा मात्र बजेट खर्च हुने गरेको बताउनुभयो । जति राम्रो काम गरेपनि बिपक्षीले बिरोध गर्ने स्वभाविक प्रक्रिया भएको बताउदै त्यसको मुल्यांकन जनताले गर्ने बताउनुभयो ।उहाँले गाँएपालिका अन्र्तगत रहेका ८वडाहरु मध्ये दुई वडामा वर्थिङ्ग सेन्टर संचाल्न रहेको उहाँको भनाई थियो । उहाँले गाँउपालिकामा औषधिको कुनै अभाव नरहेको बताउनुभयो ।उहाँले छिटै नै गाँउपालिकाले एम्बुलेन्श खरिद गर्ने जानकारी दिनुभयो । उहाँले गाँउपालिका अन्र्तगत रहेको १९ समुदायिक बिद्यालयको भौतिक पुर्वाधार शैक्षिक गुणस्तरमा गाँउपालिकाले बिशेष योजना ल्याएको बताउनुभयो । उहाँले केहि बिद्यालयको भवन मर्मत र पर्खाल निर्माण सम्पन्न गरिसकिएको समेत बताउनुभयो । काम गर्ने क्रममा देखिएका कमी कमजोरीलाई औल्याईदिन उपप्रमुख चौधरीले स्थानिय संग आग्रह गर्नुभयो । चौधरीले कृषि क्षेत्रको बिकाशको लागि उन्नत जातको बिउ बितरण, डिप बोरिङ्ग जडान गर्न बजेट छुट्याइएको बताउनुभयो ।उहाँले जनतको बिकाशको लागि आफु सदैव लागि परेको बताउनुभयो । उहाँले न्यायिक समितीको काममा काखापाखा नहुने गरेको दावि गर्नुभयो । न्याय सम्पादनमा पार्टीगत हिसाबले काम नगरिएको जिकिर गर्नुभयो ।उहाँले करैयामाई गाँउपालिकालाई नमुना गाँउपालिका बनाउन सम्पुर्ण कर्मचारी,बिपक्षी दलका नेता र स्थानियलाई सहयोग र सहकार्य गर्न आग्रह गनुर््भयो । उहाँले गाँउपालिकाको बिकाशको लागि सल्लाह सुझाव दिन पनि सम्पुर्ण संग आग्रह गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here