सडक ढलानलाई बिशेष प्राथमिकता दिएको छु ,तिन महिना भित्र मुख्य सडक ढलान हुन्छ –वडा अध्यक्ष गुप्ता

0
668
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, पुस १०
बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष अजय कुमार गुप्ताले जनताले दिएको जनादेशलाई पुरा गर्न लागि परेको बताउनुभयो । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम बिश्रामपुर गाँउपालिकाको बिकाश अभियान कार्यक्रममा आज कुरा गर्दै गुप्ताले वडा अन्र्तगत रहेको हरेक टोलहरुमा सडक ढलान ,नाला निर्माणको कार्य भईरहेको बताउनुभयो । उहाँले वरैनिया र वीरगंज जोड्ने मुख्य सडकको काम तिव्र गतिमा भईरहेको बताउदै सडक निर्माणले वर्षातमा हुने समस्या हल हुने बताउनुभयो । उहाँले सडक फराकिलो गर्न आफनो घर तोडेर शुरुवात गरेको बताउदै वडा अध्यक्ष गुप्ताले टोल टोलमा सडक फराकिलो हुने बताउनुभयो । उहाँले सडक निर्माणमा सहयोग गर्ने प्रदेश सरकारको प्रंशसा समेत गर्नुभयो । उहाँले क्षणिक स्वार्थको लागि सडक फराकिलो गर्ने काममा हस्तक्षेप नगर्न आग्रह गर्नुभयो । उहाँले वडामा रहेका सामुदायिक बिद्यालयको शैक्षिक अवस्था राम्रो भएको दावी गर्नुभयो । वर्थिङ्ग सेन्टर संचाल्नको लागि प्रदेश सरकार संग ३० लाख बजेट माँग गरिएको बताउदै वडा अध्यक्ष गुप्ताले वडामा एम्बुलेन्स खरिद गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य चौकी,स्कुल लगायतको क्षेत्रमा बिशेष अनुगमन गरिएको बताउनुभयो । महिला सशक्तिकरणको लागि सिलाई कटाई,अगरबत्ति,साबुन बनाउने लगायतको तालिमको आयोजना गरिएको बताउनुभयो । तालिम प्राप्त महिलाहरु स्वरोजगार र उद्यमी भएको समेत जानकारी दिनुभयो । वडा अन्र्तगत रहेको ५ वटै टोलहरुमा सडक ढलान, नाला निर्माण, पर्खाल निर्माण लगायतको क्षेत्रमा बिशेष बजेट बिनयोजित गरेको बताउनुभयो । एक करोड १३ लाख बजेट वडाको लागि छुट्याइएको र सो रकम शतप्रतिशत बिकाश निर्माणमा प्रयोग भईरहेको बताउनुभयो । वडा अध्यक्ष गुप्ताले गाँउपालिकामा रहेको कर्मचारी र जनप्रतिनिधि बिच सौहार्दपुर्ण बातारण रहेको समेत जानकारी दिनुभयो । वडामा ६०० मिटर नाला र १४०० मिटर सडक ढलान सम्पन्न गरिसकेको बताउदै तिन महिनाभित्र वडाका सम्पुर्ण सडक ढलान गरिसक्ने बताउनुभयो । वडाबाट प्राप्त सेवा सुबिधाहरु निशुल्क गरिएको समेत जानकारी दिनुभयो । बिश्रामपुर गाँउपालिका वडा नम्बर २ लाई हिलो मुक्त बनाउने लक्ष्य रहेको गुप्ताको भनाई थियो । उहाँले जनताको बिकाशको लागि आफु २४ घण्टे लागि परेको बताउनुभयो । मुख्य सडक ढलानको कार्य अन्तिम चरणमा पुगेको बताउदै सो सडक ढलानले वीरगंज र वडा नम्बर २ बरैनिया बिचको दुरी छोटो हुने बताउनुभयो । उहाँले मुख्य सडक निर्माणले बर्षायाममा हुने समस्याबाट मुक्त हुने बताउनुभयो । वडा अध्यक्ष गुप्ताले वडाको बिकाशको लागि सवैलाई आग्रह गर्नुभयो । उहाँले तिन महिना भित्र हरेक टोल टोलमा सडक ढलान गरिसक्ने ठोकुवा गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here