बिशाल मेमोरियल फाउन्डेशनको वृहत भेला सम्पन्न,फागनु १७ गते देखि गोल्डकप हुने

0
207
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,पुस,१२
बिशाल मेमोरियल फाउन्डेशनको वृहत भेला आज वीरगञ्जमा सम्पन्न भएको छ ।रोयल पार्टी प्यालेशमा आयोजित भेलामा अगामी फागुन १७ बाट हुने विशाल गोल्डकप प्रतियोगीताको तेस्रो संकरणलाई भव्यताका साथ सफल बनाउन निर्णय भएको छ । बिशाल मेमोरियल फाउन्डेशनका अध्यक्ष अनिल कलवारको अध्यक्षतामा भएको भेलाबाट विशाल गोल्डकप प्रतियोगीता सफल बनाउनका लागि ६ वटा उप समितिहरु पनि गठन भएको छ । नवगठित प्रचार प्रसार समितिको संयोजक पंकज श्रेष्ठ ,आर्थिक समितिको संयोजकमा अनिल कलवार,फिल्ड व्यवस्थापन समितिको संयोजकमा मनोज भट्टराई ,अतिथि सत्कार समितिको संयोजकमा सुलभजंग राणा ,रेफ्री समितिको संयोजकमा गजेन्द्रमान सिंह ,लेखा समितिको संयोजकमा मुकेश सिंह चयन भएका छन । भेलामा बिशाल मेमोरियल फाउन्डेशनका उपाध्यक्ष पंकज श्रेष्ठ ,महम्द निजामुदिन हवारी , सचिव विनोद परीवार , फाउन्डेशनका शुलभजंग राणा, जिल्ला खेलकुद बिकाश समिति पर्साका अध्यक्ष निशान्त लामिछाने , सञ्चारकर्मी, सफल खतिवडा ,तिवारी यादव , आरोहण साह लगायतको उपस्थिति रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here