मुरारी र टिकाको आवाजमा माया मेरी (भिडियो )

0
241
Ad_Article_Top
Share :

सुर्य शुभचिन्तक, १३ पौष
चर्चित गायक मुरारी गुरागाईँ र अत्यन्तै चर्चा कमाउन सफल बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रि अवार्डबाट समेत सम्मानित हुनुभएकी गायिका टीका प्रसाईको सुमधुर आवाजमा “माया मेरी” बोलको रोमान्टीक डान्सींग गीत सार्वजनिक भएको छ ।

होमनाथ न्यौपानेको लिरिक्समा रहेको “माया मेरी” लाई टेकेन्द्र नेपालीले संगित भर्नुभएको छ भने साहस शाक्यले एरेन्ज गर्नुभएको छ । एकोस्टिक नेपाल स्टुडियोमामा रेकर्ड भएको गीतलाई प्रकाश मिश्राले मिक्सिंग गर्नुभएको छ ।

” मेरी माया ” को भिडियोको कोरियोग्राफर तथा निर्देशन चर्चित गीतहरुको निर्देशन गरिसक्नुभएका गम्भिर बिस्टले गर्नुभएको छ ।

नवराज उप्रेतिले छायांकन गर्नुभएको भिडियोको इडीटिंग नविन निरौलाले गर्नुभएको छ । यसको मुख्य अभिनय अहिलेको पुस्ताले निकै नै रुचाएकी अत्यन्तै दमदार नृत्य तथा अभिनय गर्ने कलाकार एलिशा शर्मा र विजु पार्कीले फिचरींग गर्नुभएको छ ।

आइतवार सार्वजनिक भएलगत्तै धेरै दर्शक श्रोताले अत्यन्तै सकरात्मक र प्रतिक्रिया हरु दिएका छन् । यस गितले पनि अगाडीका गीतहरु जस्तै सबैको मन मुटुमा बस्न सफल हुने बिश्वास गायक मुरारी गुरागाईले व्यक्त गर्नुभएको छ ।

भिडियो :

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here