आशा किरण केन्द्र बिरगंजको प्रथम वार्षिकोत्सव सम्पन्न

0
177
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,१३ पुस

आशा किरण केन्द्र बिरगंजको प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष पृथ्वी राज भन्डारीको सभापतित्वमा भएको कार्यक्रमको उदघाटन वीरगंज महानगरका मेयर बिजय कुमार सरावगीले गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी मेयर सरावगीले आशा किरण केन्द्रले सुस्त मनिस्थिती, मस्तिष्क पक्षघात जस्ता बालबालिकाहरुको क्षेत्रमा गर्दै आएको कार्य निकै उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा महानगरपालिकाले समन्वय गरि पर्सा जिल्लामा रहेला यस्ता प्रकारका बालबालिकालाई सेवा एवं सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त्त गरे । केन्द्रका संस्थापक सुनिल गुप्ताले दुई दिन सम्म संचालित बालबालिकाहरुको स्वास्थ्य शिविरमा करिब १५० जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्दा झन्डै ५५ जना बालबालिका मस्तिष्क पक्षघात रहेकोे र त्यस्ता बालबालिकाहरुलाई सब्बल बनाउनका लागि यो संस्था संचालन गरेको वताए । संस्थाका महासचिव ममता राजकर्णिकारले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रगति प्रतिबेदन, आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन केन्द्रका सचीव एवं स्वयं सेवक राजन श्रीवास्तवले गरेका थिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here