थुनुवामा रहेका १२ जनालाई समाज परिवर्तन नेपाल द्वारा कम्बल बितरण

0
114
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगञ्ज, १५ पौष

समाज परिवर्तन नेपालले वडा प्रहरी कार्यालय बिर्ताको थुनुवामा रहेका १२ जनालाई कम्बल बितरण गरेको छ ।
समाज परिवर्तन नेपालले यस अघि मुसहर बस्तीमा, ड्राईपोर्ट एरिया, राधेमाई, पावरहाउस चौक, प्रतिमा चौक, नयाँ बसपार्क, भिसुवामा रहेका दलित, गरिब, बिपन्न र असाहयहरुलाई कम्बल बितरण गर्दै आएको छ ।
समाज परिवर्तन नेपालको सहयोगमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरू र संस्थाका अध्यक्ष अकलेश साहको नेतृत्वमा थुनुवाहरुलाई कम्वल बितरण गरिएको हो । जाडोमा थुनुवाहरुलाई ओढ्ने नहुदा चिसोमै बस्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै कम्बल बितरण गरिएको हो ।
तराईका जिल्लाहरुमा बढ्दै गएको सितलहरका कारण गरिब, असहायहरुको लागी न्यानो कम्बल बितरण कार्य आगमी दिनमा पनि निरन्तरता दिने अध्यक्ष साहले बताए ।
कम्बल बितरण कार्यक्रममा प्रहरी नायब निरीक्षक प्रेम बहादुर खत्री, प्रहरी सहायक निरीक्षक शिव शंकर शर्मा, प्रहरी हवल्दार सुरेन्द्र सिंह, प्रहरी जवान पुर्ण बहादुर बिश्वकर्मा, युवा संघका कलिम मिया अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here