सबै समस्याको एउटै कारण अशिक्षा, ३ न. वडालाई छुवाछुत मुक्त वडा घोषणा गर्छाै : संगीता दास

0
63
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, १६ पौष

वीरगंज महानगरपालिका वडा न. ३ प्रगति नगरकी दलित महिला सदस्य संगीता दासले अन्य स्थानिय तहमा दलित महिल सदस्यले भोग्नु परेका समस्याहरु आफुले नभोगेको बताउनुभयो ।
अन्य स्थानिय तहमा बैठक, तालिम लगायतका ठाउँमा कसैलाई जानकारी नगराउने, हस्ताक्षर गराउन लगाएर योजनाहरु पारित गर्ने जस्ता गतिविधि भएको पाइएको भएपनि ३ नम्बर वडामा भने यस्तो क्रियाकलाप नभएको उहाँको भनाई छ ।
आवाज एफ एम ८८ मेगाहर्जबाट प्रसारीत कार्यक्रम आवाज दलित संवादमा कुराकानीको क्रममा दासले यी सबै समस्याको एउटै कारण अशिक्षा भएको बताउनुभयो । शिक्षाको कमीका कारण बोल्न डराउने, लजाउने जस्ता कारणले गर्दा पनि महिला दलित सदस्यहरु पछाडि परेको उहाँको बुझाई छ । ३ नम्बर वडामा कुनै किसिमको बिभेदीकरण तथा छुवाछुत नभएको हुँदा अब छिटै वडालाई जातिय छुवाछुत मुक्त वडा घोषणा गर्ने तयारी रहेको बताउनुभयो ।
यसबाट अन्य वडाहरुले पनि अनुकरण गर्ने हुँदा यस्ता किसिमका योजनाबाट दलित समुदायको बृद्धि बिकासमा सहयोग पुग्ने बिश्वास पनि उहाँले व्यक्त गर्नुभयो । आफु दलित सदस्य भएपश्चात सो वडाका दलित समुदायको जिवनस्तरमा धेरै सुधार भएको बताउँदै उहाँले यस कार्यमा वडा अध्यक्ष बैजु स्वर्णकारको पनि उत्तिकै भुमिका रहेको बताउनुभयो ।
दलित महिला सदस्यहरुले पनि बिभिन्न बैठक, तालिममा आफु उपस्थिती नभएर आफ्ना श्रीमानलाई पठाउने परिपाटीले पनि महिला हरु आफै कमजोर भएको हुँदा आफै उपस्थिती हुन पनि उहाँले सबै महिला दलित सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।
यसभन्दा अगाडी चिसो तथा शितलहरलाई मध्यनजर गर्दै गरिब, बिपन्न, दलित परिवारलाई कम्बल तथा न्यानो कपडा बितरण गर्नका निम्ती बजेट बिनियोजन गरेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा सो बजेटलाई कम्बल बितरणमा नसकेर कुनै किसिमको दिगो सम्म टिक्ने रोजगार तथा सिपमुलक तालिममा खर्चेर आफै कम्बल किन्न सक्ने क्षमताको बिकास गर्न बिकास पहल गर्ने पनि उहाँले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका दलित महिला सदस्यहरु हातेमालो तथा सहकार्य गर्न सक्यो भने दलित समुदायको जिवनमा नया आयाम थपिने तथा परिवर्तनको आभाष गर्न सक्ने कुरामा उहाँले जोड दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here