उपाध्यक्ष किरण देवी गुप्ताको बिशेष पहलमा हसवामा पुस १९ गते निशुल्क स्वास्थ्य शिविर हुने

0
196
Ad_Article_Top
Share

वीरगंंज,पुस १७
पर्साको बिन्दवासनी गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताको बिशेष पहलमा निशुल्क आँखा र मधुमेह परिक्षण शिविर हुन लागेको हो । पुस १९ गते शनिबार बिहान सात बजे देखि १० बजे सम्म मधुमेह परिक्षण र १० बजे देखि निशुल्क आँखा शिबिर हुने उपाध्यक्ष गुप्ताले जानकारी दिनुभयो । वडा नम्बर ५ हसवा बटसौरा स्थित निमियाबाबा मठमा हुने शिविरमा छनौट भएका मोतिबिन्दुका बिरामीहरुको केडिया आँखा अस्पताल परवानीपुरमा निशुल्क हुने छ । उपाध्यक्ष गुप्ताद्वारा शिविरमा सहभागि बिरामीहरुको लागि निशुल्क खानाको व्यवस्था गरिएको छ । नेपाल नेत्रज्योति संघको आयोजना र जितेश सेल्स ट्रेडिङ्ग वीरगंजको सहआयोजनामा शिविर हुन लागेको हो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here