शिक्षक परिवर्तनको बाहक, नाजुक शैक्षिक अवस्थाबाट अछुत नभएपनि सुधारोन्मुख छ : संयोजक भट्टराई

0
99
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, १८ पौष

बाराको करैयामाइ गाउपालिकाका शिक्षा संयोजक लक्ष्मण भट्टराइले शिक्षकहरु परिवर्तनको बाहक भएको हुँदा शिक्षण पेशालाई गम्भिरताका साथ आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आवाज एफ एम ८८ मेगाहर्जबाट हरेक शुक्रवार साँझ सवा ६ बजे प्रसारण हुने कार्यक्रम शिक्षा संवादमा कुराकानीको क्रममा जनता माध्यामिक विद्यालय अमजनका प्रधानाध्यापक समेत रहनुभएका भट्टराईले शिक्षक सेवा आयोगको शिक्षक छनौट प्रक्रियामा त्रुटी रहेका कारण पनि गुणस्तर शिक्षा प्रदान गर्न कठिनाई हुने गरेको बताउनुभयो ।
आयोगले लिखित र मौखिक परिक्षा लिएर मात्रै छनौट गर्ने गरेको बताउँदै उहाँले व्यावहारीक परिक्षा पनि लिनुपर्ने धारणा राख्नुभयो । समग्र राष्ट्रकै शैक्षिक अवस्था नाजुक रहेको बेलामा बाराको शैक्षिक अवस्था त्यसबाट अछुत हुन नसक्ने बताउँदै बिगतको तुलनामा सुधारोन्मुख भएको उल्लेख गर्नुभयो । संस्थागत विद्यालयप्रतिको बढ्दो मोहको बारेमा भने उहाँको बुझाई फरक छ, उहाँका अनुसार सामुदायिक विद्यालयहरुले व्यावहारीक शिक्षामा बढी जोड दिने भएकोले संस्थागत शिक्षाको तुलनामा सामुदायिक संस्थाको शिक्षा दिगोपना हुने जिकिर गर्नुभयो ।
कतिपय शिक्षकहरु राजनितिकीकरणमा आवद्ध भएको हुँदा पार्टीको झण्डा बोकेर विद्यार्थिलाई गुणस्तर शिक्षा दिन नसकिने बिचार उहाँको छ । उहाँको बुझाईमा रोल मोडल, ढोंगी र गति छाडा गरी ३ प्रकारका शिक्षक छन् । शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक, विद्यार्थि र अभिभावक बिचको समन्वय र सहकार्य आवश्यक हुने भएकोले अभिभावक पनि उत्तिकै जिम्मेवार रहेको उहाँको भनाईं छ ।
यसका साथै वरीपरिको वातावरणले पनि शिक्षण सिकाईलाई प्रभावित बनाउने गरेको कारण पनि अपेक्षा अनुसारको शैक्षिक गुणस्तर बृद्धि हुन नसकेको भट्टराईले बताउनुभयो । स्थानियबासिले सामुदायिक विद्यालयलाई निजि सम्पतिको रुपमा पशु चौपाय चराउनुका साथै मदिरा सेवन गरेर विद्यालयका सामान चोरी गर्नु, धार्मिक कार्यक्रमको बहानामा ध्वनी प्रदुषण गरेर पठनपाठनमा बाधा पुग्ने गरेको बताउनुभयो ।
समग्र गाउँपालिकाको शैक्षि अवस्थालाई नियाल्दा शिक्षकको कमजोरी, पुराना शिक्षकहरुले नयालाई अवसर दिन नमान्ने, अरुले गर्न चाहेको पनि हेर्न नचाहने र आफुले पनि नगर्ने परिपाटीले पनि शैक्षिक अवस्था लथालिंग भएको उहाँले बताउनुभयो । आफु सक्रियताका साथ समग्र गाउँपालिकाको शैक्षिक अवस्थाको सुधारमा उन्मुख भएको बताउँदै दिवा खाजाले पनि विद्यार्थिको संख्यामा बृद्धि गरेतापनि शैक्षिक गुणस्तर जस्ताको तस्तै रहेको उहाँको भनाई छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here