नेशनल इन्फोटेकमा खेल सप्ताह अन्तरगत क्रिकेट र फुटबल सम्पन्न

0
195
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, १८ पौष ।

वीरगञ्ज स्थित नेशनल इन्फोटेक कलेजको खेल सप्ताह कार्यक्रम अन्तर्गत आज क्रिकेट र फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा १२ मा अध्ययनरत बायोलोजि विद्यार्थिलाई ३ गोल अन्तरले पराजित गर्दै फिजिकल विद्यार्थिहरु बिजयी भएका छन् । सो प्रतियोगितामा फिजीकल तर्फका प्रशान्त ठाकुर म्यान अफ दि म्याच घोषित भएका थिए । त्यसैगरी अर्को प्रतियोगितामा कक्षा ११ को बायोलोजी समुहलाई २ गोल अन्तरले पराजित गर्दै फिजिकल समूह विजयी भएको छ ।
उक्त प्रतियोगिताको म्यान अफ द म्याच अखिलेश चौधरी भएका थिए । भोली दूबै समूहको फाइनल प्रतिष्पर्धा हुनेछ । यस्तै कलेजको कक्षा ११ र १२ छात्रा समूहको सम्पन्न फाईनल क्रिकेट प्रतियोगितामा कक्षा १२ विजयी भएको छ । १० ओभरको खेलमा कक्षा १२ ले ६५ रनको स्कोर खडा गरेको थियो । ६६ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कक्षा ११ का विद्यार्थीहरुको समुह ४५ रनमै अल आउट भएको थियो ।
त्यसैगरी छात्र समूहको फाईनल क्रिकेट प्रतियोगिता मा कक्षा १२ लाई पराजित गर्दै कक्षा ११ बिजयी भएको छ । कक्षा १२ ले २० ओभरमा जम्मा १४६ रनको योगफल तयार गरेको थियो ।
१४७ रनको लक्ष्य पाएको कक्षा ११ का खेलाडीहरुले १८ ओभर ५ बलमै लक्ष्य भेटाएपछि बिजयी भएको हो । सो खेलमा सर्वा्धिक ५६ रनको योगदान दिएका अभिनन्दन पटेलले म्यान अफ दि म्याच घोषित भएका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here