ड्राईभिङ्ग स्कुल संघ प्रदेश नम्बर २ को शपथ ग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

0
120
Ad_Article_Top
Share

वीरगंज, पुस १९ ,राकेश साह
ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश नम्बर २ को शपथ ग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रम आज जनकपुरमा सम्पन्न भएको छ । प्रदेश २ का अध्यक्ष अकलेस साहको अध्यक्षतामा भएको कार्यक्रममा गत पुस ५ गते वीरगंजमा सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण तथा प्रमाण पत्र बितरण गरिएको हो ।संघका केन्द्रिय महासचिव उमेश सिकेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरगंजबाट दिपक बहादुर श्रेष्ठ, र जनकपुरबाट मिथलेश कुमार रायलाई सदस्इमा मनोनित समेत गरेको छ । यसैगरी आजै सम्पन्न बैठकले ८ सदसीय सल्लाहकार समिती समेत गठन गरेको छ । नव गठित सल्लाहकार समितीका सदस्यहरुमा बिमल अधिकारी,अमृत बिश्वकार्मा,गुन्जबहादुर तमागं,संजय सिंह दिलिप कुमार साह, गुलाब यादव पवन सिंह,, श्याम साह रहेको अध्यक्ष अकलेश साहले जानकारी दिनुभयो । बैठकले खाता संचाल्न,सामुहिक ट्रायल सेन्टर संचाल्नको लागि सरकारलाई दवाव दिने लगायत ८ बुदें निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष ईन्द्रेश झा, गौरव क्षेत्रि, सचिव दिलिप कुमार दास, कोषाध्यक्ष दिपनारायण साह, सह सचिव जयप्रकाश झा, सदस्य सरोज कुमार महतो,दिनेश कुमार यादव, रामानन्द यादव, गंगा देवी लामा,उत्तम कुमार लामा, रमेश प्रसाद देवकोटा लगायतको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here