२३ वर्षपछि तिलक पेलाको नयाँ गित आयो

0
157
Ad_Article_Top
Share :

वीरगञ्ज १९ पुस :

सुदूरपश्चिमका कलाप्रेमीका मुटुका ढुकढुकी तिलक पेला २३ वर्षपछि नयाँ गित ल्याएर आएका छन् । ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गीतको कार्यक्रममा प्रोमो सार्वजनिक गरिएको हो । विक्रम संवत् २०५३ सालमा आफ्नै गायन तथा संगीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा संगीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए ।

आँसु एल्बमले त्यतिबेला निकै चर्चा पाएको थियो । विक्रम संवत् २०६१ सालदेखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरी उनी शास्त्रीय संगीत साधनामा तल्लिन रहे । स्रोताहरूको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँसु भाग ३ लिएर सांगीतिक बजारमा पुनः आएको गायक पेलाले बताए । एल्बम पुस २६ गते औपचारिक समारोहबीच सार्वजनिक हुने भएको छ ।

सांगीतिक हिसाबले सुदूरपश्चिमलाई देउडाका माध्यमले बढी चिन्ने गरिन्छ तर पेलाले देउडाका साथसाथै शास्त्रीय संगीतका माध्यमलाई मूल विधा बनाए । उनले पनि देउडा नगाएका भने होइनन् । एउटा मातृभूमिप्रति समर्पित देउडा गीतको एल्बम नै निकाले उनले तर उनको छवि शास्त्रीय संगीतमै बन्यो ।

ज्ञान विनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि ठग्नु जस्तो लागेर शास्त्रीय संगीतको लामो साधनापछि झण्डै २३ वर्ष पछाडि रेकर्डिङको दुनियाँमा आफू फर्केको पेलाले बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here