शिशिरको स्वरमा डा. भूषालको “उड्ने चरी” (भिडियो)

0
890
Ad_Article_Top
Share :

सुर्य शुभचिन्तक
वीरगञ्ज, १९ पौष

वैदेशिक रोजगार बिभागका महानिर्देशक डाक्टर भिष्मकुमार भूषालको सब्द सृजनामा वैदेशिक रोजगारीमा जानेहरुका लागि जनचेतनामुलक गीत “उड्ने चरी” सार्वजनिक भएको छ ।

यस भन्दा अगाडी पनि “बाचा गर्छु” , “यो प्रण यो समर्पण” , “अब उठ जाग” जस्ता राष्ट्रप्रेमले ओतप्रोत भएका जनतेनामुलक जागरण गीतको सृजना गर्नुभएका सर्जक डा. भूषालको गहकिला शब्दहरुद्वारा सर्जित “उड्ने चरी” मा लोकप्रिय गायक एवम् कर्णप्रिय स्वरका धनि शिशीर योगीले स्वर तथा संगीत गर्नुभएको छ ।

वैदेशिक रोजगारमा गएका हरुको कथा, कहानी तथा पिडा र समस्यालाई गीत मार्फत चित्रण गरिएको छ । उक्त जनचेतनामुलक गीतमा सुवास के सी, सुमन सागर जंग के सी ले अभिनय गर्नुभएको छ ।

उड्ने चरीको भिडियो निर्देशन प्रेम थापाले गर्नुभएको छ भने छायांकन पवन गौतमले गर्नुभएको छ । एडभेन्चर इन्टरटेन्मेन्ट बाट दृश्य निर्माण भएको भिडियोको सम्पादन नविन घर्ति मगर ले गर्नुभएको छ ।

भिडियो हेर्नुहोस् :

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here