नेशनल इन्फोटेकको खेल सप्ताह अन्र्तगत फुटबलमा कक्षा १२ बिजयी

0
43
Ad_Article_Top
Share

वीरगञ्ज, १९ पौष
वीरगञ्ज स्थित नेशनल इन्फोटेक कलेजको खेल सप्ताह कार्यक्रम अन्तर्गत आज भएको फाइनल फुटबल प्रतियोगितामा कक्षा ११ लाई १ गोल अन्तरले पराजित गर्दै कक्षा १२ बिजयी भएको छ ।

खेल शुरु भएको ३ मिनेटमै कक्षा ११ का अखिलेश चौधरीले गोल गरेका थिए । त्यसको जवाफमा ५ मिनेटमै कक्षा १२ का प्रशान्त ठाकुरले गोल गरेर बराबरी बनाएका थिए । पुन कक्षा ११ का सन्नी चौधरीले आत्मघाती गोल गरेपनि कक्षा १२ ले अग्रता बनाएको थियो ।

अन्तिममा प्रशान्त ठाकुरले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका हुन् । फाइनल खेलको म्यान अफ दी म्याच प्रशान्त ठाकुर घोषित भएका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here