वीरगञ्ज प्रिमियर लिग माघ ४ गतेदेखी, बिजेतालाई २ लाख ५० हजार

0
334
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, २१ पौष

युनाइटेड क्रिकेट क्लबको आयोजनामा यही माघ ४ गतेदेखी वीरगञ्जको नारायणी रंगशालामा वीरगञ्ज प्रिमियर लिगको पहिलो संस्करण हुने भएको छ । प्रादेशिक स्तरीयको वीरगञ्जमा पहिलो पटक अहिले सम्मको ठुलो पुरस्कार राशिको प्रतियोगिता हुन गइरहेको प्रतियोगिताका निर्देशक घनश्याम बाबु गुप्ताले बताउनुभयो ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै गुप्ताले वीरगञ्ज तथा प्रदेश न. २ मा लुकेर रहेका खेलाडीहरुलाई हौसला प्रोत्साहन गर्न तथा खेलाडीहरुलाई अवसर प्रदान गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
यसका साथै खेल जगतमा अत्यन्तै सम्भावना बोकेका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा पनि सहभागि भएका खेलाडीहरु भएको प्रदेश न. २ ले अपेक्षित बिकास हुन नसकेकोमा दुखेसो पोख्नुभयो । फलस्वरुप खेल जगतको बिकास र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि पनि यस प्रतियोगिताले सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिताका प्रबक्ता राजुल हवारीले समय सन्दर्भमा कुराकानीको क्रममा लगभग २० लाखको लगानीमा आयोजना हुन गइरहेको प्रतियोगिताको बिजतालाई २ लाख ५० हजार, उपबिजेतालाई १ लाख ८० हजार, म्यान अफ दी सिरिजलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई १० हजार, बेस्ट बलरलाई १० हजार, हरेक म्याचको म्यान अफ दी म्याचलाई १५ सय, सर्वाधिक छक्का हान्नेलाई ५ हजार लगायत अन्य प्रमाणपत्र तथा पुरस्कारहरुको व्यवस्था गरिएको बताउनुभयो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने प्रिमियर लिगहरुमा प्रदेश न. २ बाट खेलाडीहरु छनोटमा नपरेर ओझेलमा परेको हुँदा यहाँको स्थानिय तथा प्रादेशीक सरकारले पनि ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । प्रतियोगितालाई सफल पार्न चुनौती भएपनि अवसरको रुपमा लिएर प्रतियोगिताको जोडतोडका साथ तयारी भइरहेको प्रबक्ता हवारीले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here