अन्जु र नरेशको सुमधुर स्वरमा इन्द्र आर पी को “कान्छी” (भिडियो )

0
688
Ad_Article_Top
Share :

सुर्य शुभचिन्तक, २१ पौष
नेपाली सांगीतिक क्षेत्रको जगतमा जाज्वल्यमान ताराको रुपमा चम्किरहनुभएकी सबै दर्शक तथा श्रोताको मनमुटुमा बस्न सफल सुमधुर आवाजकी धनी लोकप्रिय गायिका अञ्जु पन्त र गायक नरेश बुढाथोकीको स्वरमा कान्छी बोलको गीत सार्वजनिक भएको छ ।

गायक तथा संगितकार इन्द्र आर पी को शब्द तथा संगितमा रहेको कान्छीको एरेन्ज सञ्जिव बराइलीले गर्नुभएको छ । एकोस्टिक स्टुडियो मार्फत रेकर्ड भएको डान्सिंग गीत कान्छिलाई प्रकाश मिश्राले मिक्सड गर्नुभएको छ ।
गीत संगित सँगसँगै अञ्जु पन्त फाउण्डेशन मार्फत समाजसेवामा पनि उत्तिकै अग्रसर रहनुभएकी अञ्जु पन्तले पनि इन्द्र आरपी को शब्द तथा संगितमा रहेको गीतमा आवाज दिन पाउँदा खुशि व्यक्त गर्नुभएको छ ।

कान्छि मा अत्यन्तै चर्चित तथा सबैले रुचाएको जोडी आयुष्मान देशराज श्रेष्ठ र नायिका प्रियंका कार्कीले अभिनय गरेका छन् । शिवराम श्रेष्ठले छायांकन गरेको कान्छीको भिडियोको कोरियोग्राफर राजिव समरले गर्नुभएको गीतका सर्जक इन्द्र आरपीले जानकारी दिनुभयो ।
गीतको भिडियोमा नेहा बुढाथोकीले बाल कलाकारको भुमिका निर्वाह गरेकी छिन् । ओ एस आर डिजिटल नामक युट्युब च्यान मार्फत सार्वजनिक भएको यस गीतले सबैको मन मुटु जित्न सफल हुने र सबै दर्शक श्रोताले रुचाउनेमा बिश्वस्त भएको सर्जक आर पि ले बताउनुभयो ।

भिडियो :

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here