२२ जिल्लामा गरिने मधेशको पर्यटन प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया वीरगञ्जबाट शुरु (फोटोफिचर)

0
329
Ad_Article_Top
Share :

सुर्य शुभचिन्तक
वीरगञ्ज, २४ पौष

मधेशको पर्यटन प्रवद्र्धनका लागि २२ जिल्लामा आयोजना गरिने पर्यटन प्रवद्र्धन सम्बन्धि अन्तरत्रिया कार्यक्रमको आज पर्साको वीरगञ्जबाट शुरुवात गरिएको छ ।

भिजिट मधेशको आयोजना तथा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश न.२, वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका र ठोरी गाउँपालिकाको सयुँक्त सहकार्यमा भएको कार्यक्रमले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पनि टेवा पुग्ने बिश्वास गरिएको छ । “Visit Nepal is not complete without Visit Madhesh” भन्ने मुल नारासहित शुरु भएको यस अभियानले मधेशमा भएका प्राकृतिक तथा सांस्कृतिक धरोहरको प्रचार प्रसार एवम् बिकास र समृद्धिमा पनि सघाउ पुग्नेमा प्रदेश न. २ का पर्यटन राज्यमन्त्रि सुरेश कुमार मण्डलले जोड दिनुभयो ।

भिजिट मधेश पर्साका संयोजक किसन सर्राफको सभापतित्वमा भएको कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले अवधारणा पत्र प्रस्तुत गर्दै ३ तहकै सरकारको सहकार्य तथा होटेल तथा पर्यटन व्यवासयि संघ, स्थानिय प्रशासन, पत्रकार तथा सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानिय लगायतले सबैले आ आप्नो क्षेत्रबाट हातेमालो गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, वीरगञ्ज उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष सुवोध कुमार गुप्ता, भिजिट मधेशका ग्लोबल कोर्डिेटर प्रमोद राज सर्राफ, भिजिट मधेशका संस्कृति राजदुत गायत रविराज शाह, होटेल तथा पर्यटन व्यवासायि संघ प्रदेश न. २ का सचिब तवरेज आलम, पर्साका अध्यक्ष हरी पन्त लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा भिजिट मधेशका केन्द्रिय सदस्य एवम् सामाजिक अभियाना प्रकाश थारुले स्वागत मन्तव्य व्यक्त गरेको भिजिट मधेश वीरगञ्जका कार्यालय प्रमुख दिपु वर्णवालले जानकारी दिनुभयो ।

सो अवसरमा संस्कृति राजदुत रवीराज शाहले मधेशका सांस्कृतिक तथा प्राकृतिक सम्पदा तथा रिति रिवाज चाल चलनलाई समेटेको गीत समेत प्रस्तुत गर्नुभएको थियो । वीरगञ्जमा समाप्त भएसँगै पौष २५ गते बाराको कलैयामा, रौतहटमा गरी २२ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्ने राष्ट्रिय संयोजक सर्राफले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here