बलिदानी दिवस वीरगञ्जमा मनाउने प्रदेश २ को तयारी

0
52
Ad_Article_Top
Share

जनकपुरधाम, पुस २४ : मधेश आन्दोलनमा बलिदानी दिएका शहीदहरुको सम्झनामा मनाईने बलिदानी दिवस प्रदेश सरकारले यस वर्ष बीरगंजमा विशेष समारोहको आयोजना गरि मनाउने भएको छ ।

प्रदेश सरकार मन्त्री परिषदको आज सम्पन्न बैठकले माघ ५ गते बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको समेत उपस्थिति रहने छ । उक्त कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने मन्त्रालयले जनाएको छ ।

२०६३ साल यता मधेश केन्द्रित दलहरुले शहीदहरुको सम्झनामा मनाउदै आएको बलिदानी दिवस गत वर्ष देखी प्रदेश सरकारले मनाउन थालेको हो । गत वर्ष माघ पाँच गते सिरहाको लहानमा बलिदानी दिवसको विशेष समारोहका बिच मनाएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here