चौरसियाद्वारा युनिटी युथ क्लव बीरगंञ्जलाई खेलकुद सामग्री वितरण

0
170
Ad_Article_Top
Share

वीरगञ्ज २४ पुष :
राष्ट्रिय बिद्यार्थी संघ पर्साका अध्यक्ष मधुसुदन चौरसियाले युनिटी युथ क्लव बीरगंञ्जलाई आज एक समारोहका बिच खेलकुद सामग्रीहरु वितरण गर्नुभएको छ ।
अध्यक्ष चौरसियाले जर्सी, बल, बुट लगायतका सामाग्री क्लबका प्रशिक्षक सुनिल राउत र क्याप्टेन अनिल पटेललाई हस्तान्त्रण गर्नुभएको हो ।
खेलकुद सामग्रीहरु बितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौरसियाले खेल क्षेत्रमभा पनि अनुशासन र इमानदारीता नभएसम्म अगाडी बढ्न नसक्ने बताउँदै सबैलाई सभ्य र अनुशासित रुपमा मेहनत गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा खेलाडीहरू अमर डंगोल, कृष्णा कार्की, सिशास थापा, राधेश्याम चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here