वडावासी संग सल्ला सुझाव लिई काम गरिरहेको वडा अध्यक्ष यादवको भनाई

0
61
Ad_Article_Top
Share

वीरगंज, पुस २४ राकेश साह
बिश्रामपुर गाँउपालिका वडा नम्बर १ छतवाका वडा अध्यक्ष हृदयनारायण प्रसाद यादवले जनताले दिएको म्यान्डेड पुरा काम गरिरहेको बताउनुएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम बिश्रामपुर गाँउपालिकाको बिकाश अभियानमा आज कुरा गर्दै यादवले वडावासी संग सल्लाह सुझाव लिदै बिकाश निर्माणको काम गरिरहेको बताउनुभयो । वडामा रहेका सडक ,नाला निर्माण लगायत स्वास्थ्य क्षेत्र, बिद्यालयमा बिशेष काम भएको यादवको भनाई थियो । वडा नम्बर १ मा आठ वटा टोल भएकोले बिकाश निर्माण काममा कठिनाई भएको बताउनुभयो । प्रदेशको बजेट आउने बितिकै वडाको मुख्य सडक ३० फिट फराकिलो गर्न काम सुचारु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सडक बिस्तारको शुरुवात आफनै घरबाट थालनी गर्ने वडा अध्यक्ष यादवले जानकारी दिनुभयो । वडामा उपभोक्त समिती मार्फत काम गरिएको बताउदै निमार्ण कार्यमा कुनै समझौता नगरिएको बताउनुभयो । वडामा रहेका ३ वटा सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा व्यापक परिर्वतन भएको दावी गर्नुभयो । अढाई बर्ष देखि निरन्तर बिद्यालयमा अनुगमन गर्ने गरेको बताउनुभयो । वडामा आएको एक करोड बजेट सवै टोलमा समान रुपले खर्च गरिएको बताउनुभयो । उहाँले जनसंख्या र टोलको अधारमा बजेट छुट्याउन माँग गर्दा गाँउपालिकाले नदिएकाले पनि वडाको बिकाश गर्न समस्या भएको बताउनुभयो । वडामा बिपक्षी पार्टी बाहेक अरु जनताले गुनासो नगरेको बताउनुभयो । किसानको सुबिधाको लागि खेतमा बिद्युत जडान, वोरिङ्ग जडान लगायतको क्षेत्रमा काम गरिएको बताउनुभयो । अगामी बजेटमा पनि सडक, नाला निर्माण, कृषि,स्वास्थ्य ,शिक्षा क्षेत्रमा बिशेष बजेट छुट्याएको बताउनुभयो । उहाँले अगामी दिनमा पनि जनताको राय सल्लाह लिई वडाको बिकाशमा अघि बढने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here