ओझेलमा परेका मधेशका सम्पदालाई उर्जागर गर्छाै : संयोजक सर्राफ र गायक शाह

0
319
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगञ्ज, २४ पौष

भिजिट मधेशका ग्लोबल कोर्डिनेटर प्रमोदराज सर्राफले भिजिट नेपाल २०२० सँगै सहकार्य गरेर भिजिट मधेशलाई पनि सफल पार्नुपर्नेमा जोड दिनुभएको छ । आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै संयोजक सर्राफले मधेशमा पनि थुप्रै प्राकृतिक तथा सांस्कृतिक सम्पादहरु छन् भन्ने कुरा देखाउनका लागि पनि मधेश भ्रमण सार्थक हुने बताउनुभयो । भिजिट मधेशमा यहाँका कुनै पनि सरकारको सहयोग नरहेको भन्दै उहाँले स्थानिय, प्रादेशीक तथा केन्द्रिय सरकारले पनि हातेमालो गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
त्यसैगरी भिजिट मधेशका सांस्कृतिक राजदुत रवीराज शाहले पनि गीत संगीतको माध्यमबाट पनि परिवर्तन सम्भव भएको बताउँदै सोही कुरालाईं मध्यनजर गर्दै आफुलाई संस्कृतिक राजदुतमा नियुक्त गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ । आजको सन्दर्भमा बोल्दै लोक स्टार मार्फत सबै दर्शक श्रोताको मन जित्न सफल गायक शाहले मधेशमा भएका बिभिन्न धरोहरलाई गीतमार्फत उर्जागर गरेर पर्यटकको आगमन गराउने पहल पनि रहीरहने बताउनुभयो ।
२२ वटा जिल्लामा गएर त्याहाँका जनतासँग प्रत्यक्ष छलफल गरेर त्याँहा भएका धार्मिक, ऐतिहासिक, पुरातात्वीक तथा पर्यटकिय गन्तव्य को पहिचान गर्ने लक्ष्य पनि रहेको ग्लोबल संयोजक सर्राफले बताउनुभयो । यस अन्तरक्रिया कार्यक्रमको शुरुवात आज पर्साबाट गरिएको छ । त्यसैगरी भोलि बाराको कलैयमा हुने पनि उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी अहिलेको डिजिटालाईज्ड समयमा मधेशका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु मोवाईल एप्स मार्फत पनि थाहा पाउन सकिने बताउनुभयो ।
गायक रविराज शाहले मधेशमा भएका थुप्रै सम्पदाहरु अँझै पनि ओझेलमा परेको बताउँदै त्यस्ता सम्पदाहरुलाई गीत संगीतको माध्यमबाट प्रचार प्रसार गरेर सबैलाई चिनाउन पनि सघाउ पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here