स्थायिय युवाहरुको बिरोध पश्चात मुर्लीमा निर्माण भएको गुणस्तहिन नाला भत्काइयो

0
266
Ad_Article_Top
Share

वीरगंज,पुस २६ राकेश साह
स्थानिय युवाहरुको बिरोध पश्चात वीरगंज मुर्ली नयाँ टोल स्थित शिव नगर टोलमा निर्माण भएको नाला भत्काइएको छ । एडिवि,नेपाल सरकार र वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा कालिका कन्सट्रक्सनले निर्माण गरिरहेकोे नालाको काम गुणस्तरहिन भएको भन्दै नेकपाका युवा अकलेश साह , महमुद अंसारी, ,शेख कलाम ,चन्द्रभुषण मिश्रा लगायत स्थानियले बिरोध गरेका थिए । बिरोध पछि गुणस्तरहिन निर्माण समाग्री प्रयोग गरि बनाइएको नाला भत्काइएको छ । बिरोध पश्चात स्थानिय र निर्माण कम्पनीका प्रतिनिधि अर्जुनजंग शाही बिच दुई बुदें सहमति भएको युवा नेता महमुद अंसारीले बताउनुभयो । नाला निर्माण कार्यमा निर्माण कम्पनी र ईन्जिनियरले गल्ती स्वीकार गरेको ओविस पर्साका अध्यक्ष समेत रहेको अकलेस साहले जानकारी दिनुभयो । नेता साहले नाला निर्माणमा प्रयोग गरिएको मसाला ल्याव परिक्षणको लागि समेत पठाइएको जानकारी दिनुभयो ।

वडा नम्बर १२ र १३ मुर्ली शिवनगरमा निर्मानाधिन नालाको काम स्थानिय टोल सुधार समितीको प्रत्यक्ष अनुगमन र निगरानी तथा मापदण्ड अनुसार निर्माण गरिने सहमति भएको छ । एडिविका परियोजना व्यवस्थापक शैलेन्द्र श्रेष्ठले लेबरहरुबाट समान्य गल्ती भएको र जानकारी पाए लगतै त्यसठाँउमा प्राबिधिक पठाएर पुनः निर्माण शुरु गरिएको जानकारी दिनुभयो । दुई अर्ब ३४ करोडको लागतमा वीरगंज महानगरपालिका भित्र नाला र सडक निर्माणको काम भईरहेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here