हरि खेतान बहुमुखी क्याम्पस बिएड दोस्रो बर्षद्वारा स्वागत कार्यक्रम

0
155
Ad_Article_Top
Share

वीरगंज,पुस २६
हरि खेतान बहुमुखी क्याम्पस वीरगंजमा अध्ययनरत बिएड दोस्रो बर्षका बिद्यार्थीहरुले आज आफनै क्याम्पस प्रागंनमा बिएड प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेका छन । क्याम्पसका शिक्षक हरी प्रसाद कुर्मीको अध्यक्षता तथा क्याम्पस प्रमुुख डा. भगवान प्रसाद यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रध्यापक सत्यदेव प्रसाद यादव, शिक्षक रामबिनय प्रसाद लगायतको सहभागिता रहेको लेखापाल लालु यादवले जानकारी दिनुभयो। कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए । कार्यक्रमको सहजीकरण किरण मण्डल र पशुराम सहनीले गरेको हाम्रा सहकर्मी जगत राईले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here