वडा समितीको सक्रियतामा यादवको घरबाट पिलर उठाईयो

0
430
Ad_Article_Top
Share

वीरगंज,पुस २८
सार्वजनिक पोखरीमा गाड्न बनाइएको पिलर आज वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाहीका जादोलालको घरबाट उठाइएको छ । नेपाली काँग्रेसका नेता यादवले १५० वटा पिलर कार्तिक २५ गते देखि आफनो घरमा राखेका थिए । जसमध्ये ६९ वटा पिलर आज उठाइको छ । वडा समितीले बारम्बार पिलर फिर्ता माँग गर्दा समेत यादवले अटेर गर्दै आएका थिए । वीरगंज महानरपालिकाको बिशेष आदेश अनुसार तथा वडा प्रहरी कार्यालय श्रीपुरकोे सक्रियतामा सो पिलरहरु उठाइएको थियो ।

सार्वजनिक सम्पति व्यक्ति बिशेषले राखेको भन्दै ईटियावासीहरुले वडा र महानगरपालिकामा बारम्बार ताकेता गर्दै आएका थिए । सार्वजनिक पोखरीको कोषबाट १५० वटा पिलर निर्माण गरिएको थियो । वडा अन्र्तगत रहेको शिवमन्दिर सार्वजनिक पोखरीको कोषबाट निर्माण गरिएको पिलर स्थायिन जादोलालले आफनो नियन्त्रणमा राखेको गुनासो आएपछि सो पिलर उठाउन आग्रह गरिएको थियो तर यादवले पिलर दिन आनाकानी गर्दै आएको स्थानियले जनाएका छन । हिजो जिल्ला प्रहरी कार्यालय पर्सामा बिशेष छलफल पश्चात आज उक्त पिलरहरु जादोलाल यादवको घरबाट झिकाइएको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले जानकारी दिनुभयो । उहाँले १५० वटा पिलर मध्ये आज ६९ वट पिलर उठाएर ईटियाही धर्मशालामा राखिएको जानकारी समेत दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here