नापी कार्यालय पर्साले घर भाडा नतिरेको पिडित श्यामबाबु पटेलको आरोप

0
54
Ad_Article_Top
Share

वीरगंज, पुस २८
नापी कार्यालय पर्साले घर भाडा, बिजुली, पानीको बिल भुक्तानी नगरेको पिडित घरधनी श्यामबाबु पटेल आरोप लगाउनुभएको छ । आफनै निवास बिर्तामा आज पत्रकार सम्मेलन गरी पटेलले नापी कार्यालय पर्सा वीरगंजले आफनो श्रीमती सिमा पटेललेको नाममा रहेको घरमा कार्यायल संचाल्न गरी शर्तहरु उल्घंन गर्दै घरमा जथाभावी फोहर गरी बाँकी भाडा समेत नदिएको आरोप लगाउनुभयो । पटेलले तत्कालिन कार्यालय प्रमुख दुर्गा दास महर्जन संग मिति २०७४ जेठ ११ गते देखि ५ बर्ष सम्मको लागि घर भाडामा दिएको बताउदै केहि महिनापछि भवनमा जथाभावी फोहर गरी सरसफाईमा कुनै ध्यान नदिएको र सो बारे कार्यालय प्रमुखलाई अनुरोध गर्दा समेत वासता नगरेकोले बाध्य भई सम्झौता तोडी २०७६ मंसिर महिनाको अन्तिम सातामा घर खाली गरेको जानकारी दिनुभयो । पटेलले चार महिनाको घर भाडा र घर मर्मत गर्नको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा कारवाहीको प्रकृया अगाडी बढाउदा समेत नापी कार्यालयले अटेरी गर्दै आएको बताउनुभयो । उहाँले कार्यालय प्रमुख रामबिनय सिंहले चाँसो नदिदाँ घर भाडा लगयात अन्य मर्मत संभारका काम हुन नसको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here