प्रथम ठोरी हात्ति तथा जिप सफारी महोत्सव सम्पन्न

0
110
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, २९ पौष

ठोरी गाउँपालिकाद्वारा आयोजित प्रथम हात्ती तथा जिप सफारी महोत्सव आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
ठोरी गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको सभापतित्वमा भएको समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय महिला आयोगकी पुर्व अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य शेख चाँद ताराले हात्ती तथा जिप सफारी महोत्सवले सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन पनि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । ठोरीले थुप्र
सम्भावना बोकेको हुँदा सबै राजनितिक दलहरुको एकरुपतामा अगाडी बढ्न सक्ने हो भने बिकासमा आमुल परिवर्तन गर्न पनि कुनै समय नलाग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जगन्नाथपुर गाउपालिकाका अध्यक्ष जालिम मियाँ, ठोरी गाउँपालिकाकी उपाध्यक्ष शान्ती माया थिङ्ग, वडा अध्यक्षहरु, बुद्धिजिवि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
समापन समारोहमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त लोक दोहोरी गायिका प्रिति आले मगर, चर्चित नृत्यङ्गना रोमा न्यौपाने, नृत्यङ्गना इशा परियार लगायत स्थानिय कलाकारले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको युवा समाजसेवी निमा लामाले जानकारी दिनुभयो ।
त्यसैगरी विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम बिजयवस्ती मावि, द्वितिय ज्ञानबाटिका मावि सुवर्णपुर र तृतिय नेरामावि ओडार भएका थिए । बिजयी छात्र छात्रालाई अतिथिहरुले पुरस्कार बितरण गरेका थिए ।
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले महोत्सबलाई भब्य रुपमा सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाई आभार व्यक्त गर्नुभयो । साथै ठोरीमा रहेका पर्यटकिय गन्तव्यहरुको संरक्षण तथा संम्बद्र्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here