गुनासोलाई सुझावको रुपमा लिन्छु, सबै क्षेत्रको बिकासले मात्रै पालिकाको बिकास हुन्छ : अध्यक्ष साह

0
138
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक,
वीरगञ्ज, १ माघ

बाराको परवानीपुर गाउपालिकाका अध्यक्ष हरी नारायण साहले स्थानिय स्तरमा भएका बिकास निर्माणका गतिविधीको बारेमा स्थानियले गर्ने गुनासोलाई सुझावको रुपमा लिने गरेको बताउनुभएको छ ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम स्थानिय तहको गतिविधिमा कुराकानी गर्दै अध्यक्ष साहले बिकास निर्माणको सवालमा सबै जनता सन्तुष्ट हुन नसक्ने हुँदा केही व्यक्तिले गरेको गुनासोलाई सुझावको रुपमा लिने गरेको बताउनुभयो । स्थानियको चाहनाअनुसार तथा आवश्यक्ताअनुसार काम अगाडी बढेको उहाँको भनाई छ ।
२ वर्षको अन्तरालमा कृषि, स्वास्थ्य, शिक्षा, बिकास निर्माण, क्षमता अभिबृद्धि लगायतका थुप्रै क्षेत्रमा उल्लेख्य बिकास भएको पनि उहाँले बताउनुभयो । बिकास निर्माणका गतिविधिमा बिरोधको सोच भन्दा पनि सकरात्मक सोचका साथ सबैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यक्त पनि उहाँले औल्याउनुभयो ।
सबै क्षेत्रमा भौतिक पुर्वाधारको बिकासलाई मात्रै बिकास भन्ने सोच रहेको बताउँदै आफ्नो सोच अरु भन्दा भिन्न रहेको उहाँको दावि छ । जनताको चेतनाको स्तरमा पनि बृद्धि गर्न सक्नृुले बिकासमा ठुलो फड्को मार्ने उहाँको बिचार छ । गाउपालिकाका कामकारवाहीमा राजनितिक दल नहेरेर सबैसँग समानताको आधारमा काम गर्ने गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्य लाई बढी प्राथमिकतामा राखेर बिकास भइरहेको बताउँदै शिक्षामा पनि प्राविधिक शिक्षा सञ्चालन गर्न जोड दिइएको बताउनुभयो । गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ती बेला बेलामा अनुगमन गर्दै सुधार्नुपर्ने कुराहरुलाई सुधार गर्दै गइरहेको बताउनुभयो ।
कर्मचारी अभावका कारण बिकास निर्माणका काम प्रभावित भएको बताउँदै सडक, नाला तथा स्थानिय तहको बजेटले नपुगेका बिकास निर्माणका कार्यहरु स्थानिय साझेदारी कोष र प्रदेश सरकारको सहकार्यमा भइरहेको बताउनुभयो । बिगत २० बर्षमा नभएका काम २ बर्षमा गरेको र ५ बर्षमा ५० बर्षको जस्तो कामको अनुभुति गराउने जिकिर गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here