दलितको नाममा व्यापार, संघ संस्था निष्क्रिय, दलितको अवस्था ज्युँको त्युँ : अध्यक्ष पासवान

0
141
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, १ माघ

दलित अभियानता एवम् दलित महासंघ पर्साका अध्यक्ष इश्क कुमार पासवानले दलित सँग सम्बन्धित संघ संस्थाहरुले दलितको नाममा व्यापार गरेको आरोप लगाउनुभयो ।
आवाज एफ एम ८८ मेगाहर्जमा हरेक बुधवार बेलुकी साढे सात बजेदेखी प्रसारण हुने कार्यक्रम आवाज दलित संवादमा कुराकानी गर्दै अध्यक्ष पासवानले दलित सँग सम्बन्धित कार्यक्रमहरु ग्रामीण क्षेत्रमा गएर बास्तविक दलित हरुको ठाउँमा नभएर शहरमुखी हुने गरेकोमा आपत्ति जनाउनुभयो ।
दलितको क्षेत्रमा र दलित समुदायको बिकासको लागि भनेर थुप्रै संघ संस्थाहरु भएतापनि बास्तविक दलितको लागि कुनै पनि संस्थाले सिन्को पनि नभाँचेको उहाँको दावि छ ।
स्थानिय तहमा आएका दलित सँग सम्बन्धित योजनाहरुको बारेमा पनि जानकारी नदिने र सो योजनाहरुमा पनि नातावाद हावि हुने उहाँको भनाई छ ।
दलित अगुवाहरु पनि दलित समुदायको भन्दा पनि बढी आफ्नो गोजि भर्न तर्फ केन्द्रित हुने गरेको उहाँको आरोप छ । शैक्षिक अवस्था तथा आर्थिक अवस्था कमजोर भएकै कारण दलित समुदायलाई सबैले हेपाहा प्रवृतिले हेर्ने गरेको उहाँको बुझाई छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here