३ तहकै सरकार बिच स्वास्थ्य सेवा प्रवाहमा समन्वय बढाउनुपर्छ : प्रमुख हुसैन

0
317
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगञ्ज, माघ २

बाराको बिश्रामपुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसैनले सेवा प्रवाहमा हाल सम्म कुनै किसिमको गुनासो नआएको बताउनुभयो । आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम बिश्रामपुर गाउँपालिकाको अभियानमा कुराकानी गर्दै प्रमुख हुसैनले चिसो मौसममा धेरै जसो श्वासप्रश्वास सँग सम्बन्धि समस्याहरु धेरै आउने हुनाले पनि स्वास्थ्यमा लापरवाही नगर्न आग्रह गर्नुभयो ।
बिशेष गरी बालबालिकाहरुमा निमोनियाको समस्या धेरै हुने भएकोले आ आफ्ना बालबालिकालाई न्यानो लुगा लगाई तथा चिसोबाट बच्न अन्य उपायहरु अपनाउन आग्रह गर्नुभयो । साथै यदि ति बालबालिकाहरुमा तथा बृद्धबृद्धाहरुमा वा अन्य कुनै पनि उमेर समुहका व्यक्तिहरुमा स्वास्थ्य सँग सम्बन्धित समस्याहरु देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई जाँच गराई स्वास्थ्यकर्मीको निर्देशन बमोजिम हेरचाह गर्नुपर्ने बताउनुभयो ।
बिश्रामपुर गाउँपालिकाले गत आर्थिक बर्षबाटनै निशुल्क रुपमा सेनेटरी प्याड बितरण गरीरहेको उहाँको भनाई छ । त्यसैगरी स्वास्थ्य चौकीबाट निस्केका फोहोरको व्यवस्था गर्न केन्द्र सरकारले पनि कुनै चासो नदिएको अवस्थामा बिश्रामपुर गाउँपालिकाले त्यसको व्यवस्थापनका लागि रकम बिनियोजन गरेको बताउनुभयो ।
स्थानिय तह, प्रदेश सरकार र केन्द्र सरकार बिचको समन्वय र सहकार्यमा बिविध जटिलता तथा कठीनाइ हरु भएको कारण त्यस्ता जटिलताहरुलाई सामना गरेर समन्वय राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो । साथै प्रदेशमा अवस्थित प्रदेश निर्देशनालयबाट तथा जिल्लामा अवस्थित स्वास्थ्य कार्यालय बाट नियमित अनुगमन गरी सुधार्नुपर्ने कुराहरुमा स्पष्ट निर्देशन दिनुपर्ने धारणा राख्नुभयो ।
स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजन गर्दा भौगोलिक दुरीले पनि प्रभाव पार्ने भएकोले यस तर्फ पनि ध्यान दिनुपर्ने आवश्यक्ता औल्याउनुभयो । समयोजन भइसकेको तर संशोधनका लागि दिइएको निवेदन उपर उचित कारवाही गरी तुरुन्त अन्यौलता हटाउनुपर्नेमा जोड दिनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here