वीरगञ्जमा समृद्धि र मेरो बुझाई बिषयक २ दिने कार्यशाला गोष्ठी

0
191
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, ३ माघ

हाम्रो अभियान पर्साको आयोजनामा आजबाट वीरगञ्जको कुमु प्यालेसमा समृद्धि र मेरो बुझाई विषयक २ दिने कार्यशाला गोष्ठी शुरु भएको छ ।

सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्न स्थानिय स्तरबाटै कदम चाल्नुपर्छ भन्ने अभिप्रायले अहिलेका युवा युवतीलाई समृद्धिको अर्थबोध गराउन पनि २ दिने गोष्ठीको आयोजना गरिएको हाम्रो अभियानका शिवनाथ यादबले बताउनुभयो ।

बिभिन्न क्षेत्रमा कार्यरत र अध्ययनरत २५ जना युवायुवतिहरुको सहभागिता रहेको तालिममा समाजम समृद्धि ल्याउने आधार, समृद्धीका बाधकहरु लगायतका बारेमा नेपाल पत्रकार महासंघ प्रदेश न २ का उपाध्यक्ष केसी लामिछाने र अनलाईन खबर डटकम पर्साका संवाददाता एवम् सञ्चारकर्मी सुरेश बिडारीले प्रशिक्षण दिनुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here