कानुन जस्तो मर्यादित क्षेत्रमा मधेशी समुदायबाट ५ प्रतिशत भन्दा पनि कमले प्रतिनिधित्व गर्नु लज्जास्पद : ऋतिक यादब

0
211
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, ३ माघ

काठमाण्डौ स्कुल अफ ल मा बिएएलएलबी प्रथम बर्षमा अध्ययनरथ ऋतिक यादबले तराई क्षेत्रका विद्यार्थिहरुमा कानुन बिषयप्रति आकर्षित नभएको हुँदा दुखेसो पोख्नुभएको छ ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम शिक्षा संवादमा कुराकानीको क्रममा यादबले देशमा संघियता आएसँगै कानुनको स्कोप पनि बढेको र थुप्रै अवसर आएपनि यहाँका विद्यार्थिहरुले बुझ्न नसकेको धारणा राख्नुभयो । प्रदेश न. २ मै कानुन बिषयमा स्नातक अध्यापन गराउने एउटा पनि शैक्षिक संस्था नभएको हुँदा आफु काठमाण्डौमा गएर पढ्नुपर्ने बाध्यता सुनाउनुभयो ।
कानुन जस्तो मर्यादित क्षेत्रमा मधेशी समुदायबाट ५ प्रतिशत भन्दा पनि कम ले प्रतिनिधित्व गर्नु लज्जास्पद रहेको उहाँको ठम्म्याई छ । कानुनी शिक्षा प्रति विद्यार्थिको आकर्षक बढाउनुपर्नेमा स्थानि, प्रादेशीक तथा केन्द्र सरकारका साथै शैक्षिक संस्थाहरुले पनि ध्यान दिनुपर्ने आवश्यक्ता औल्याउनुभयो । कानुनमा कुनै किसिमको छात्रबृति नपाइने भएकोले गरीब परिवारका सन्तानलाई पढ्न महंगो भएतापनि पढ्न आँट गरेर पढ्न सकिने बताउनुभयो ।
कानुन पढेका अहिले सम्म कोही पनि बेरोजगार रहेको इतिहास नभएको बताउँदै उहाँले यसबाट सरकारी तथा निजि जुन क्षेत्रमा पनि काम गर्न सकिने बताउनुभयो । यसका साथै कानुन पढेपछि हरेक कुरालाई हेर्ने नजर नै परिवर्तन हुने र जुन बिषयबस्तुलाई पनि तार्किक प्रस्तुती गर्न सक्ने क्षमता अभिबृद्धि हुने बिचार व्यक्त गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here