महागढीमाईमा भ्रष्टाचार मौलायो, बिना कमिसनको योजना पास हुँदैन : वडा अध्यक्ष साह

0
1301
Ad_Article_Top
Share :

सुर्य शुभचिन्त्क
वीरगञ्ज, ४ माघ

बाराको महागढीमाई नगरपालिकावडा न. १० गञ्जभवानीपुरका अधयक्ष चन्दन कुमार साहले स्थानिय सरकारसँग जोडिएको हुँदा स्थानिय बासिन्दाको गुनासो अनुसार पनि बिकास निर्माणको काम हरु तिव्र गतिमाभइरहेकोबताउनुभयो ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम स्थानिय तहको गतिविधिमा कुराकानी गर्दै अध्यक्ष साहले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य बिकास भएको र आगामी दिनमा पनि बिकास निर्माणका कार्यलाई निरन्तरता दिने बताउनुभयो । शिक्षा बिना बिकास असम्भव भएको हुँदा सबैभन्दा बढी शिक्षा लाई प्राथमिकता दिएर गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिमा प्रयास जारी रहेको बताउनुभयो । नगरपालिकाले अन्य वडामा बजेट दिएपनि आफ्नो वडा न. १० मा नदिएर बिभेद गरेको उहाँको आरोप छ ।
नगरप्रमुख उपेन्द्र यादबले जनतासँग बैमानी गरेको स्थानियको गुनासो छ । मेयरको गैरजिम्मेवारपनका कारण महागढीमाई नगरपालिकामा भ्रष्टाचार मौलाएको र बिना कमिसनको एउटा पनि योजना पास नहुने अध्यक्ष साहले बताउनुभयो । कार्यपालिकाको कमी कमजोरीको कारण प्रशासनिक कामकारवाही प्रभावित भएको उहाँको भनाई छ । वडा अध्यक्षको अधिकार र कर्तव्य बारेमा पनि अँझै स्पष्ट नभएको हुँदा अन्यौलता भएको साहले बताउनुभयो ।
बजेट बिनियोजनमा पनि वडा वडा बिच बिभेद गरेको उहाँले बताउनुभयो । बिकास निर्माणमा पार्टीगत बिचारले नहेरी सबैलाई समान रुपमा हेनूपर्ने उहाँको बिचार छ । आफु वडा अध्यक्ष भएर पनि नगरपालिकाबाट परिषदमा पास गरेका योजनाहरुको सुचना माग गर्दा नगरप्रमुखले नदिएको उहाँको गुनासो छ । नगरपालिकाको कामकाज सबै डामाडोल अवस्थामा रहेको र यसमा कार्यपालिकाको कमीकमजोरी रहेको उहाँको ठहर छ ।
नगरप्रमुखको बिरोध गर्ने र पछि रकमी चलखेलमा मिलेमतो गर्ने धेरै भएतापनि आफु आफ्नो बिचारमा अडिग रहेको र जनताको पक्षमा सँधै रहीरहने बताउनुभयो । नगरपालिकाका कर्मचारी पनि मेयर बिना पात समेत नहल्लिने वडा अध्यक्ष साहको आरोप छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here