बाल विवाह तथा दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियानको नयाँ राष्ट्रिय कार्यसमिति चयन

0
343
Ad_Article_Top
Share :
meropathsala.com

विरगञ्ज, ४ माघ
बाल विवाह तथा दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियानको नयाँ राष्ट्रिय कार्यसमिति चयन गरिएको छ । काठमाडौंमा राष्ट्रिय अभियानको साधारणसभाबाट डा.सि.के.सिंहको संयोजकत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
कार्यसमितिका कोष संयोजक प्रकृति सिंह ठकुरीले सप्तरी, जाजरकोट, दाङ्ग, सिराहा, धनुषा, महोत्तरी, सुनसरी, गोरखा, बारा, पर्सा, कालिकोट, बर्दिया लगायतका १४ जिल्लाका समाजिक अभियन्ताहरुको उपस्थितिमा कार्यसमिति चयन गरिएको राष्ट्रिय अभियानका सह संयोजक हंसा साहले बताए ।
संयोजक, सहसंयोजक, सदस्य सचिव, कोष संयोजक, सचिव तथा बाकीँ सदस्य रहने गरि उक्त पदीय दायीत्व अनुसार आत्म सक्षमताले सो पदीय दायित्य वाँडफाँड गरिएको साहको भनाई छ । समाजमा व्यप्त मात्रामा रहेको महिला हिँसा, बालविवाह, दाइजो प्रथा लगायतका कुरितिलाइ उन्मुलन गर्नको लागि सहयोग पुग्ने अभिप्रायले राष्ट्रिय अभियानको नयाँ कार्यसमिति चयन गरिएको सह संयोजक साहले बताउनुभयो ।
गोरखाको गोरखा नगरपालिका वडा नं. १३ देउरालीमा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको शिशु कक्षा देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरि अभियानको घोषणा गरिएको थियो । सोही बडा नं.१३का महिला समूहको सहभागीमा प्रथम जिल्ला कार्यसमिति गोरखाबाटै शुरुवात गरिएको अभियानका सदस्य ललन साहले बताउनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here