बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल पाल २९ दिन पछि रिहा

0
1058
Ad_Article_Top
Share :
meropathsala.com


मोहन लाल पंडित
माघ ६ वीरगंज

सवारी ज्यान मुद्धामा जेल चलान भएका बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत रिहा भएका छन् ।

त्रिभूवन राजपथको वीरगञ्ज पथलैया सडकखण्डको छातापिपरा भन्ने स्थानमा राउत सवार ना ४ प ३७४५ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल यात्री हहियादेवी थरुनीको ज्यान गएको थियो । सोही मुद्धमा तत्कालिन अवस्थामा धरौटी बुझाई रिहा भएका हालका गाउँपालिकाका अध्यक्ष राउतको पुर्ण फैसला बमोजिम भुक्तान गर्नु पर्ने जेल सजाय भुक्तान नगरेको भन्दै बारा प्रहरीले पक्राउ गरी गत पुस ६ गते बीरगञ्ज कारागार चलान गरेको थियो ।

तात्कालिन समयमै अदालतले दुई हजार र एक महिना जेल सजायको फैसला सुनाएको थियो । उनले दुई हजार जरिवाना तिरेपनि जेल सजाय भुक्तान गरेका थिएनन् । जेल सजायँ मुक्तान गर्न बाँकी रहेको भन्दै ईलका प्रहरी कार्यालय प्रसौनीबाट खटी गएको प्रहरी टोलीले गाँउपालिका अध्यक्ष राउतलाई उनको घरबाटै पक्राँउ गरी अदालतको फैसला कार्यन्वयनका लागि करागार चलान गरेको थियो । कानुनअनुसार २९ दिनको जेल सजायँ भुक्तान गरि उनी सोमबार रिहा भएका हुन् ।

राउत स्थानीय तह निर्वाचनमा तात्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट निर्वा्चित जनप्रतिनिधि हुन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here