मणि माविलाई नमुना विद्यालय बनाउन संघर्षरत छौ : प्रधानाध्यापक चौधरी

0
377
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगञ्ज, १० माघ

बाराको कोल्हवी नगरपालिका वडा न. ११ मा अवस्थित श्री मणि माध्यामिक विद्यालयका प्रधानाध्यापक जर्नादन प्रसाद चौधरीले शिक्षकको एक्लो प्रयासले मात्र शैक्षिक गुणस्तरमा सुधार आउन नसक्ने बताउनुभएको छ ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम शिक्षा संवादमा कुराकानी गर्दै एफ विगत ३० बर्षदेखी शिक्षण पेशामा आवद्ध चौधरीले शिक्षक, अभिभावक र विद्यार्थिहको सकरात्मक समन्वय र सहकार्यमा मात्रै शैक्षिक गुणस्तर बृद्धी गर्न सकिने धारणा राख्नुभयो । अहिलेको बिज्ञान र प्रविधिको युगमा परम्परागत शैक्षिक प्रणालीले शैक्षिक बिकास हुन नसक्ने बताउँदै अहिले अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेको र यसतर्फ विद्यार्थिह पनि आकर्षित भएको उहाँले बताउनुभयो ।
त्यसैगरी दिवा खाजा कार्यक्रम पनि गत पौष महिना देखी सञ्चालन गरेको हुँदा यसबाट पनि विद्यार्थिको उपस्थितीमा बृद्धि भएको र यसलाई शैक्षिक सत्र शुरु हुने बेला देखी नै शुरु गरेर निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । समग्र रुपमा नगरपालिकाको शैक्षिक अवस्थामा बिगतको तुलनामा सुधारोन्मुख भएको हुँदा आगामी दिनमा मणि माविलाई नगरपालिकाको नमुना विद्यालय बनाउने तर्फ प्रयासरत रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी आउँदै गरेको एस ई ई परिक्षामा पनि उत्कृष्ट नतिजा ल्याउनका लागि सबै शिक्षकहरुले जोड तोडका साथ तयारी गराइरहेको उहाँले बताउनुभयो । विद्यालयको बिकासमा भौतिक पुर्वाधार पति आवश्यक पर्ने भएकोले पर्याप्त मात्रामा भवन नभएको हुँदा यसतर्फ स्थानिय तहको ध्यानआकर्षण गराउनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here