वीरगंज प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता आज देखी सुरु

0
505
Ad_Article_Top
Share :
meropathsala.com


मोहन लाल पंडित
माघ ११ वीरगंज

वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियोगिता आज देखी सुरु भएको छ । नारायणी क्रिकेट मैदान वीरगंजमा आयोजित प्रयोगिताको उद्घाटन एक समारोहका विच प्रतिनिधि सभा सदस्य प्रदिप यादवले गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै पर्सा क्षेत्र नं. १ का संघिय सांसद प्रदिप यादवले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको वताए । राष्ट्रिय स्तरका खेलाडीहरुको जागिरको व्यवस्था समेत सकारले गर्नु पर्ने वताउदै सांसद यादवले त्यस खालको कानुन ल्याएर प्रदेश २ सरकारले सुरुवात गर्नु पर्ने वताए । खेलाडीहरुले राष्ट्रको नाम रोशन गर्ने भएकाले राष्ट्रको गहना भएको वताए । त्यसैले खेलाडीहरुको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने उनको भनाई थियो । युनाईटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सांसद प्रहलाद गिरी, जन्नत अन्सारी, करिमा बेग्म, भिमा यादव, जिल्ला समन्व समिति पर्साका संयोजक नेक महमद अन्सारी, क्रिकेट एशोसिएसन अफ नेपालका सदस्य दाउद अन्सारी, माधव अचार्य, समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव लगायतको सहभागिता रहेको थियो । युनाईटेड क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा वीरगंजका विभिन्न विद्यालयका छात्ररछात्राहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए । सो मार्च पासमा जिएचपी प्रथम, साउथजुन द्वितिय र गौतम स्कुल तृतिय घोषित भएका थिए । कार्यक्रमको संचालन वीपिएलका प्रवक्ता राजुल हवारीले गरेका थिए भने स्वागत मन्तव्य आयोजक क्लबका सचिव एवं वीपिएलका निर्देशक घन्सयामबाबु गुप्ताले गरेका थिए । उद्घाटन समारोहमा गायक अजमत अली र एसएस सोनुले देश भक्ति गित समेत प्रस्तुत गरेका थिए । यसका साथै सो अवसरमा विभिन्न विद्यालयका छात्ररछात्राहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । प्रतियोगितामा ६ वटा क्रिकेट टिम भाग लिएका छन् प्रतियोगिताको विजेतालाई रु दुई लाख ५० हजार र उप विजेतालाई रु एक लाख ८० हजार पुरस्कार प्रदान समेत गरिने छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here