वीरगंज, माघ १३
वीरगन्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरूद्दिन अन्सारीको घरमा शंकास्पद बस्तु फेला परेको छ । पानीटंकी ८ स्थित घरको मुल गेटमा आज बिहान कालो झोलामा शंकास्पद बस्तु फेलापरेको खबर पाए पश्चात पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर सहितका टोली पुगेको छ। अन्सारीको घर अगाडि कालो झोला देखा पर्दा सो क्षेत्रका स्थानीयसमेत त्रसित भएका छन्।बिहानको समय भएकाले अन्सारी सहित परिवारका अन्य सदस्यहरू घर भित्रै रहेको र उनीहरुलाई प्रहरीले पर्खालबाट बाहिर निकाल्ने प्रयास गरिरहेको पर्सा प्रहरीले जनाएको छ । यता पानीटंकी घनाबस्ती भएकाले सवारी अवागमनमा समेत रोक लगाईएको छ । घटनास्थलमा अहिले सेनाको बम डिस्पोजल टोली पुगीसकेकाले केही बेरमा थप जानकारी प्राप्त हुने एसपी राठौरले जानकारी दिनुभयो ।