राष्ट्रिय दलित पत्रकार संघको प्रदेश कमिटि गठन, दलित पत्रकारको एकताले दलितका हक अधिकार ओझेलमा नपरुन : प्रदेश प्रमुख परियार

0
293
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगञ्ज, १२ माघ

प्रदेश न.२ का प्रदेश प्रमुख तिलक परियारले प्रदेश को प्रमुखमा पनि दलित समुदायबाटै आफुले प्रतिनिधित्व गरेको हुँदा दलित समुदायको वृद्धि र बिकासको लागि कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश न.२ को प्रथम भेलालाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले दलित पत्रकारको एकताले अब दलितका हक अधिकार ओझेलमा नपर्ने बताउँदै आफ्नै समुदायभित्रका समस्याहरूलाई कलम मार्फत उठान गर्न पनि आग्रह गर्नुभयो ।

त्यसैगरी प्रदेश न.२ का आर्थिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले समृद्धि को प्रमुख आधार विवेदरहित समाज निर्माण भएको हुँदा दलित समुदायको बिकास बिना प्रदेश मात्रै नभएर सिंगो देशको विकास सम्भव नहुने धारणाा राख्नुभयो । मन्त्रि यादबले राष्ट्रिय दलित पत्रकार संघ प्रदेश समितिको कार्यालयका लागि भवन निर्माण गर्न प्रदेश सरकारले २५ लाख दिने घोषणा गर्नुभयो ।

राष्ट्रिय दलित पत्रकार संघका केन्द्रय उपाध्यक्ष एवम् प्रदेश २ का ईन्चार्ज भोला पासवानको सभापतित्वमा भएको उद्घाटन समारोहमा पुर्व सांसद कलावती पासवान, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद पहाडी, प्रदेश सभा सदस्य राधेश्याम पासवान, रविन्द्र बैठा, प्रमिला दास, चमेलिदेवी दास, रामशाशिष यादब, राजपा सचेतक परमेश्वर यादब, जनकपुर उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह, स्थानिय तहका प्रमुख, उपप्रमुख, बुद्धिजिवि, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

उद्घाटन सत्रको समापन पछि प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवानको संयोजकत्वमा गठित निर्वाचन मण्डलले २ सदस्य पछि थप्ने गरी १६ सदस्यीय प्रदेश कमिटि गठन गरेको छ ।
धनुषाका कैलाश दासको अध्यक्षतामा गठित प्रदेश कमिटिको प्रथम उपाध्यक्षमा हरीनन्दन रञ्जन (सर्लाही), द्वितिय उपाध्यक्षमा रविन्द्र पासवान (बारा), सचिबमा रेंकु दास (सिराहा), सहसचिबमा सुर्य नारायण वि क (पर्सा), कोषाध्यक्षमा सावित्रि कुमारी (बारा), सदस्यहरुमा राजकुमार पासवान, सुशिल हजारा, श्यामसुन्दर राम, अर्चना परियार, ओमप्रकाश राम, ममता बैठा, विरेन्द्र पासवान, धर्मेन्द्र पासवान लगायत रहेका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई आवश्यक सल्लाह सुझाव प्रदान गर्नका लागि ५ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरिएको छ । जसमा वृजलाल पासवान, उमेश सुनार, सिकेन्द्र पासवान, राजु विश्वकर्मा, राजु पासवान रहेका छन् ।

सल्लाहाकार समिति सदस्य उमेश बिश्वकर्माले पनि दलित भवन निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट नगद २५ हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here