२५औं जनान्दोलन तथा जनयुद्ध दिवसको अवसरमा पर्सामा कार्यक्रम

0
89
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,फागुन १
२५औं जनान्दोलन तथा जनयुद्ध दिवस नेकपा पर्साले मनाएको छ । पार्टी कार्यालय मनमोहन नगर रानीघाटमा आयोजित कार्यक्रमको केन्द्रिय सदस्य एव जिल्ला इन्चार्ज रामचन्द्र साहले उदघाटन गर्नुभएको थियो । वहाले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि जीवनको आहुती दिने शहिदहरुलाई नेकपाले सदा सम्झिरहने बताउनुभयो । नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभासदस्यहरु विचारी यादव, प्रदुम्न चौहान, नगरअध्यक्ष रहबर अंसारीले मनतव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बालगोपाल थापा, छोटेलाल प्रसाद, पत्रकार केसी लामिछाने र निरज पिठाकोठे मगरलगायतको सहभागिता थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here