कानुन भन्दा माथि कोहि छैन, सवैले पालना गरौं सुशासनमा आधारित सेवा दिन कुनै कसर बाँकी राखिन्न – प्रजिअ कार्की

0
206
Ad_Article_Top
Share :
meropathsala.com


वीरगंज,फागुन १,राकेश साह
पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले सिमामा हुने गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न मुख्य चुनौति रहेको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै प्रजिअ कार्कीले १०७ किलोमिटर खुल्ला सिमाका कारण पर्सामा अवैध गतिविधि बढी हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न बिशेष अभियान चलाइने बताउनुभयो । उहाँले पर्सा जिल्लामा अवरुद्ध रहेका बिकाश निर्माणलाई समयमा सम्पन्न गर्न पहल गर्ने बताउनुभयो । प्रजिअले तदारुकताका साथ काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताउनुभयो । हुलाकि राजमार्ग,ड्राईपोर्ट लगायत अन्य बिकाश निमार्णका कामको प्रगतिको अधारमा कारवाही अघि बढाईने बताउनुभयो । नियतवश समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई नछोडिने प्रजिअ कार्कीले बताउनुभयो। कानुन बमोजिमको सेवा तत्काल उपलब्ध गराउन कर्मचारीलाई सक्रिय बनाउने समेत उहाँले बताउनुभयो । प्रजीअले बजार अनुगमनको क्रममा दोषि देखिएको व्यक्तिलाई कारवाहीमा कुनै कन्जुस्याई नगरिने बताउनुभयो । कर्मचारी अभावका कारण काम गर्न समस्या भएकाले बिस्तारै सुधार ल्याउने दावी समेत उहाँले गर्नुभयो । पर्साका सवै दल संग सहकार्य गरी जिल्लाको बिकाशमा आफुले कुनै कसर बांकी नराख्ने दृढता समेत ब्यक्त गर्नभयो । उहाँले जिल्लामा देखिएको समस्या समाधान गर्न सवै एकजुट भएर अघि बढ्न आवश्यक रहको औल्याउनुहुँदै गलत गतिबिधिलाई नियन्त्रणमा लिन निरन्तर काम गरिरहने प्रण समेत गर्नुभयो । राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षा निकायका सवै टिम लाग्ने उहांको कथन छ । नेपाल र भारत बिच रहेको सम्बन्धमा कुनै खलल नपुग्ने गरी अघि बढिने धारणा राख्नुहुँदैे सिमा क्षेत्रमा हुने गलत र गैरकानुनी गतिविधि नियन्त्रण गर्ने दावी गर्नुभयो । अवैध गतिबिधि संलग्न कोहि पनि नजोगिने प्रजिअ कार्कीको भनाई थियो । गलत गतिबिधिमा संलग्न कर्मचारीलाई कारवाही गर्ने बताउदै सेवाग्राहीलाई अनावश्यक दुख दिने काम बन्द हुने दावी गर्ने बताउनुभयो । उहाँले सेवाग्राहीबाट अवैध रकम असुल्नेलाई कुनैपनि हालतमा नछोडिने जनाउदै त्यस्ता गतिविधिमा नियन्त्रण हुने दावी गर्नुभयो । कार्कीले कानुन बिपरित रकम माग्ने बारे सुचना दिन सेवाग्राही संग आग्रह पनि गर्नुभयो । वीरगंजको प्रतिष्ठा छिमेकि मुलुक भारत संगपनि गासिएकोले सुन्दर वीरगंज बनाउन काम गर्ने बताउनुभयो । जिल्लाको शान बढाउन सवैको सहकार्य आवश्यक रहेकोले सवै संग सहयोग गर्न आग्रह समेत गर्नुभयो । उहाँले कानून भन्दा माथि कोही नभएको बताउनुहुँदै त्यसको पालना गर्न र सुशासनमा आधारित सेवा दिन कुनै कसर बाँकी नराख्ने दृढता समेत ब्यक्त गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here