मन्त्री विश्वकर्माद्वारा वीरगंजमा बहुउद्देश्यीय कभर्ड हलको शिलान्यास

0
384
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,फागुन ८
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले आज नारायणी रंगशालामा निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्ड हलको शिलान्यास गर्नुभएको छ । मन्त्री विश्वकर्माले नारायणी रंगशालालाई संरक्षण र सम्वद्र्धन गर्न स्थानीय स्तरका सबै राजनीतिक दल, स्थानीय सरकार र जनता एकताबद्ध हुनुपर्नेमा जोड दिनु भयो । उहाँले अहिले विनियोजन गरेको बजेट र टेण्डर गरिएको बजेटले मात्रै नारायणी रंगशाला निर्माण सम्पन्न नहुने भन्दै त्यसको लागि बजेट अभाव हुन नदिन सबैपक्षको भूमिका महत्वपूर्ण हुन्छ । प्रदेश सरकारले जनकपुरमा प्रादेशिक रंगशाला निर्माणका लागि ५ करोड विनियोजन गरेपनि वीरगन्जको नारायणी रंगशालालाई पुनर्निर्माण र कभर्ड हल निर्माणका लागि चालू आर्थिक वर्षमा संघीय सरकारले ७ करोड रुपैयाँ निकासा गरेको छ । ५ करोड रुपैयाँ रंगशालाको प्याराफिट निर्माण र २ करोड रुपैयाँ बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि खर्चिने तय भएको छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको कार्यालयका प्रमुख महम्मद ज्याउल इस्लामको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, निर्मला देवकोटा,नेकपा पर्साका अध्यक्ष प्रभू हजरा,नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमद जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा संबिधान सभा सदस्य बिचारी यादव, जयप्रकाश थारु, युवा नेता अकलेश साह,ईन्जिनियर शिवचन्द्र यादव लगायतको सहभागिता रहेको थियो । भारोतोलनका प्रशिक्षक प्रदीप श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको संचालन पत्रकार के.सी.लामिछानेले गर्नु भएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here