बिश्रापुर गाँउपालिकालाई प्रदेशकै नमुना पालिका बनाएर देखाउछु , कसैले कमिशन लिएको प्रमाणित गरोस ,राजनितिबाट सन्यास लिन्छु – पाल

0
235
Ad_Article_Top

वीरगंज,फागुन ८ राकेश साह
बिश्रामपुर गाँउपालिको अध्यक्ष अमिरीलाल पालले जनताको हक अधिकारको लागि जिवनभर संर्घष गरेको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम बिश्रामपुरको बिकाश अभियान कार्यक्रममा उहाँले जनतको कामको लागि २४घण्टै तयार रहेको बताउनुभयो । उहाँले २०४३ सालबाट कम्युनिष्ट पार्टीबाट राजनिति यात्रा शुरु गरेको बताउदै क्रमश नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रि हुदै पुनः काँग्रेसमा सक्रिय राजनिति गरिरहेको जानकारी दिनुभयो । प्रमुख पालले गाँउपालिका भित्र कर्मचारी भर्नामा विभेद नभएको बताउदै बिकाश बिरोधीले अनावश्यक भ्रम फैलाएको दावी गर्नुभयो । एक घर एक चपा कल अभियान सफल बनाउन संघ सरकारबाट दुई करोड रकम ल्याई अभियान शुरुवात गरिएको जानकारी दिनुभयो । पालले छिटै नै घर घरमा ग्याँस सिलिण्डर बितरण गरिने बताउनुभयो । उहाँले छोटो समयमै गाँउपालिकामा धेरै बिकाश गरिएको दावी गर्दै शिक्षा,स्वास्थ्यमा बिशेष ध्यान दिएको बताउनुभयो । गाँउपालिका भित्र रहेका २१ वटा गाँउमा जोडतोडले काम भईरहेको जिकिर गर्दै तिन बर्ष भित्र गाँउपालिकालाई नमुना बनाउने दावी गर्नुभयो । गाँउपालिका भित्रका बिद्यार्थीहरु अन्यन्त्र पढन नजाउन भन्ने उद्देश्यले निशुल्क कोचिंग संचाल्न लगायतको काम गरिको दावी गर्नुभयो । नामको लागि राजनिति गरेको चर्चा गर्दै कहि कतैबाट पनि एक सुको कमिशन नलिएको बताउनुभयो । उहाँले निर्वाचित भएदेखि मेरो आर्थिक अवस्था कमजोर हुदै गएको जानकारी दिदै छोरीको बिवाहको लागि जग्गा बेचेको बताउनुभयो । बिपक्षीलाई बिकाश निर्माणमा हातेमाले गर्न आग्रह गर्नुभयो । निर्वाचनमा पराजित उम्मेदवारहरुले आफनो रिसिवी साधन बिरोध गर्ने गरेको पालको आरोप थियो । गाँउपालिकामा कहि विवाद नभएको बताउदै जनप्रतिनिधि बिच कुनै विवाद नभएको बताउनुभयो । उहाँले भ्रष्टाचार गरेको प्रमाणित भए आफु राजनितिबाट सन्यास लिने समेत बताउनुभयो । उहाँले गाँउपालिकाको बिकाशको लागि भारतीय दूतावास र केन्द्र सरकार संघ बिशेष अनुरोध गरिएको बताउनुभयो । कर्मचारी अभावको कारण गाँउपालिकाभित्र काम गर्न समस्या भएको जिकिर गर्नुभयो ।प्रदेश नम्बर २ मै नमुना गाँउपालिका बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here