मेयर उपेन्द्र यादवको मुद्दा मिलाउन बाराका सिडिओ पोखरेल र मेयर बीच गोप्य छलफल

0
1051
Ad_Article_Top

मोहन लाल पंडित फागुन ८, वीरगंज
शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पिडित हरेन्द्र महतो कोइरीले निवेदन दिए कावार्हि गर्छु भन्ने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले अहिले बारा जिल्ला स्थित महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवलार्ई बचाउन लागी परेका छन् । पिडित हरेन्द्र महतो कोइरीले महागढीमाई नगरपालिकाका प्रमुख यादवलाई कार्वाहीको माँग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि साझं ६ बजे बाराका प्रमुख जिल्ला अधिकारी र मेयर यादव मुद्दा मिलाउन गोप्य छलफलमा ब्यस्त भएको जानकारी हुन आएको छ । पिडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउदै ।
छोराले भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको आरोपमा बाबुलाई शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पिडित हरेन्द्र महतो कोइरीले बिहिवार प्रहरीमा जाहेरी दिएका हुन् । सोहि नगरपालिकाको वडा नम्बर २ मैनीटोल बस्ने ५५ वर्षिय कोईरीलाई नगर प्रमुख यादवले नगर प्रहरी लगाएर कुटपिट र दुव्र्यवहार गरेको भन्दै कानुनी कार्वाहीको लागि मेयर यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको उनले बताए । उनले जाहेरीमा भेदभाव तथा अपमानजन्य कसुरमा कार्वाही गरी मेयर यादवबाट क्षेतिपुर्ति समेत भराई दिन कोइरीले प्रहरीसँग माँग गरेका छन् । मेयर यादव माथि कानुनी कारवाहीको माँग गर्दै संघीय संसदमा बारा क्षेत्र नं.२ का माननीय रामसहाय यादव , सोही क्षेत्रबाट प्रदेश नम्बर २ का सभा सदस्य बच्चा यादव , पारस साह समेत कोईरीसँगै प्रहरी कार्यालय पुगेका थिए । छोरा मुकेश कुशवाहाले गाउँमा सडकको नाला निर्माणमा भईरहेको ढिलासुस्ति बारे मेयर यादवको अडियो सहिँतको भिडियो फेसबुकमा पोष्ट गरेको निहुँमा कोईरीलाई कुटपिट गर्दै नगरपालिकाको शौचालयमा थुनिएको थियो । गत वर्ष नैं पुरा भईसक्नु पर्ने नाला निर्माणमा भईरहेको ढलासुस्ति बारेमा मुकेशले अप्लोड गरेको भिडियो अहिले फेसबुकमा भाईरल छ । शुरुमा मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका नगर प्रहरीले फेला पार्न नसके पछि खेतमा काम गरिरहेको अवस्था उनका बाबुलाई समातेर नगर प्रमुख यादवको जिम्मा लगाएका थिए । कोईरीले छोरालाई भगाएको भन्दै मेयर यादवले आँफुले लगाएको जुत्ता टाउकोमा राखेर माफी माग्न भनेको र कोइरीले नमाने पछि कुटपिट गर्दै शौचालयमा लगेर थुन्ने आदेश दिएको उनले बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here